खोपाङ भीरखण्डको सडक जीर्ण, सवारी साधन आवतजावतमा समस्या

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको खोपाङ भीरखण्डको सडक उकालो र त्यसमाथि खाल्टाखुल्टीका कारण सवारी आवातजावतमा समस्या भएको छ ।

नियमित सडक मर्मत् नहुँदा सो बाटो भई आवातजावत गर्ने सवारीसाधनहरु हिलोमा फस्ने र दुर्घटनामा पर्ने गरेका छन् ।
त्रिशुली खोलादेखि १ किलोमिटरको दूरीमा रहेको उक्त भीरको बाटो साँघुरो पनि छ । साँधुरो अनि उकालो, ठूलाठला खाल्टाखुल्टि त्यसमाथि वर्षातको सिजन पानी परेपछि के नै चाहियो र ? सवारी साधन उक्निे कुरै भएन । सवारी चालकहरुले सास्ती खेपिरहेका छन् ।

‘सडक समयमै मर्मत् हुन नसक्दा सडकको अवस्था दयनीय बन्दै गैरहेको छ’ नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, ‘समयमै सम्बन्धित निकायएको ध्यान समयमै जाओस् ।’

यो बाटो भएर दैनिक मालवाहक र यात्रुवाहक गरी करिब २ सयको हाराहारीमा सवारीसाधन गुड्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका