धनकुटा नगरपालिकका कृषकलाई फ्रि वाईफाई

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटा नगरपालिकामा यूएनडिपिको आर्थिक सहयोग र पर्डेपनेपालको प्राबिधिक सहयोगमा नगरभित्रका कृषकलाई वाइफाइ सेवा वितरण गरेको छ । वाइफाइ सेवा मार्फत कृषलाई अहिले विभिन्न कृषि सम्बन्धि सुचना र कोभिड– १९ कोरोना भाइरसको विषयमा जानकारी लिन सहज भएको छ । अहिले कृषकहरु सामाजीकदुरी कायम गरेर एक ठाउँमा भेला भएर वाइफाइ सेवा लिइरहेका छन् ।

धनकुटा नगरपालिकाको १ , २, ३ र १० नं वडाहरुमा ३० वटा फाइबर सहितको छिन्ताङदेवी केबल नेट्वर्क प्रालिद्धरा सञ्चालित टेकमाइन्स इन्टरनेटसँग समन्वय गरि कृषकहरुलाई सामूहिक रुपमा नेट चलाउन मिल्ने गरी टोलमा टोलमा एक एक वटा जडान गरिएको छ ।

धनकुटा नगरपालिकाको वाड नं १ का कृषक दुर्गाबहादुर दर्लामी मगरले मोबाइलमा धनकुटा स्मार्ट कृषि एप्स डाउनलोड गरेर बजार मुल्य, मौषम सम्बन्धि जानकारी, कृषि सम्बन्धि नयाँ नयाँ प्रबिधि र विभिन्न बालीनालिमा लाग्ने रोग तथा किराहरुको विषयमा समाधानका उपायहरुको विषयमा जानकारीहरु लिइरहेको बताए । साथै अहिले कोरोना माहामारीको विषयमा देशविदेशमा भए गरेका घट्नाको जानकारी लिन र कोरोनाबाट बच्नका लागी विभिन्न जानकारीमुलक कुराहरु सिक्न लागि वाइफाइ सजिलो भएको उनको भनाइ छ ।

त्यस्तै गरी वडा नं २ का कृषक रमेश पाख्रिन भन्छन्, डाटा भनेजस्तो नचल्ने महंगो पनि भएकाले कृषकहरु राम्रोसँग सुचना लिनबाट बन्चित हुन्थे भने वाईफाई जडान गरेरपछि एप्स डाउनलोड गर्न, तरकारीको मुल्य, कोभिड–१९ को विषयमा सुचना लिन सहज भएको बताए ।

कृषकहरु अहिले फुर्सदको समयमा वाइफाइ राखेकोे घरमा भेला भएर धनकुटा स्मार्ट कृषि एप्स मार्फत कृषि सम्बन्धि जानकारी लिने गरेका छन् । कोभिड– १९ को विषयमा पनि सुचना लिदै अन्य विभिन्न सुचना तथा जानकारी लिन सहज भएका छन् ।

कृषकलाई प्रतिगोटा १६ हजारका दरले ४ लाख ८० हजार बराबरको वाइफाइ वितरण गरेको पर्डेपनेपाल धनकुटाका योजना प्रमुख मिनप्रसाद सुवेदीले जानकारी दिए । त्यस्तैगरी उनले आउँदो वर्षपनि वाइफाइ वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रयास भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया