साउदीमा कोरोना संक्रमित ९५ हजार नाघ्यो, निको हुनेको संख्या बढ्दै  

कोरोना निको हुनेको संख्या ७० हजार ६१६

नवराज तामाङ
नवराज तामाङ संवाददाता
28 Shares
साउदी अरेबिया

साउदी अरेबियामा शुक्रबार १ हजार ६५१ जना कोरोनाको उपचारपछि निको भएका छन् । यो सँगै कुल कोरोना संक्रमित निको हुनेको संख्या ७० हजार ६१६ पुगेका छन् ।

साउदीमा हालसम्म कोरोना संक्रमित कुल संख्या ९५ हजार ७४८ पुगेको स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. मोहम्मद अल अब्दुलालीले जानकारी दिए । उनका अनुसार २४ हजार ४९१ जनाको साउदीका विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

शुक्रबारको अपडेट अनुसार उपचारपछि निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको ९४० जना बढी छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज साउदीभर कोरोना नयाँ संक्रमित २ हजार ५९१ जना रहेका छन् ।

आज यहाँ कोरोना उपचाररत ३१ जनाले ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या ६४२ पुगेको प्रवक्ता डा. अब्दुलालीले जानकारी दिए ।

साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा ८ जनाले ज्यान गुमाएका छन् ।

थप यो पनि

कोरोनाका कारण नेपाल जान रोकिएकाहरुले सम्पर्क गर्नुस् : दूतावास

साउदीमा चहलपहल बढ्यो, ६९ हजार जनाले कोरोनालाई जिते

साउदी कोरोना: बुधबार पनि निको हुने बढ्यो, कुल संक्रमित ९१ हजार

तपाईको प्रतिक्रिया

पत्रपत्रिका