गजल

भक्तपुर

प्यास लाग्यो मलाई चिसो, पानी मन पर्याे
वैंश चढ्यो क्यारे तिम्रो, जवानी मन पर्याे ।।१।।

कति माया गछ्र्यौ तिमी, आफूलाई भन्दा
स्नेहले दिएको तिम्रो, निशानी मन पर्याे ।।२।।

तिम्रो न्यानो अँगालोमा, बाँधिनुको मज्जा
कोमल दिलको प्यारको, खानी मन पर्याे ।।३।।

तिम्रो सुन्दरताको खोइ, कति वर्णन गरूँ
मृग नयनी आँखाहरूको, नानी मन पर्याे ।।४।।

सौन्दर्यको भोको विकेश, रुपको भक्त
मुसुक्क हाँसी लजाउने, बानी मन पर्याे।।५।।

(चाँगुनारायण नपा–२, झौखेल, भक्तपुर)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका