तामाङ चलचित्र महोत्सव सम्पन्न


तीन दिनसम्म चलेको तामाङ चलचित्र महोत्सव सम्पन्न भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका भकुण्डेमा २०७५ चैत २९ गतेदेखि सुरु भएको महोत्सव बैशाख १ मा सम्पन्न भएको हो ।

तामाङ चलचित्र संघद्धारा आयोजित महोसत्वमा उत्कृष्ट चलचित्र आप्लेङला नाम्सालाई नगद ५१ हजारसहित सम्मान गरेका थिए ।

पहिलो र दोस्रोको ७ बर्षपछि संघका नयाँ कार्यसमितिले महोत्सव गर्न सफल भएका हुन् ।

महोत्सवमा लामा, ताम्बा, बोन्बो लगायतले नगर परिक्रमा गरेका थिए । कला संस्कृति परम्परा भेषभुषा, खाना लगायतको प्रदर्शनीसँगै कलाकारहरुको सांगीतिक प्रस्तुति महोत्सवका खुराक बने ।
संघका अध्यक्ष विकु थोकरले समग्रमा महोत्सव राम्रै भएको प्रशंसा गर्दै समापन गरे ।

तपाईको प्रतिक्रिया