छिटोछरितो न्याय सम्पादन

0 Shares
रसुवा

रसुवा जिल्ला अदालतले चालु आर्थिक वर्षमा ६९ थान मुद्दा फछ्र्याैट गरेको छ । न्यायलयको कार्य प्रगति सुुसुचित गराउने उद्देश्यले मंगलवार सञ्चारकर्मी एवं स्थानीय प्रशासक, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिबीच विवरण सार्वजनिक गरेको छ ।

अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले अघिल्लो वर्षबाट समेत पर्न आएका ९१ थान मुद्दामध्ये एक वर्षको अवधिभित्रै ६९ थान फछ्र्याैट भएको जानकारी दिए ।

दर्ता भएका मुद्दामध्ये ३२ फौजदारी र ५९ देवानी रहेका थिए । श्रेस्तेदार लुइटेलले भने– ‘अंग पुर्याई फछ्र्याैट गर्न बाँकी रहेका २२ थानमध्ये घरेलु हिंसा, मानाचामल, मानव बेचबिखन एवं ओसारपासार, जवरजस्ती करणी, सरकारी छाप दस्तखत किर्ते, आगो लगाई ज्यान मार्ने उद्योग, सवारी ज्यान, ज्यान मार्ने उद्योग, विदेशी मुद्रा (अमेरीकन डलर) अपचलन, सवारी अंगभंग र राजश्व चुहावट रहेको छ । समग्रको मुद्दा फछ्र्यौट ७६ प्रतिशत भइसकेकोे छ ।’
यसैगरी फछ्र्यौट हुन वाँकी अन्य मुद्दा भने सम्बन्ध विच्छेद ७ र बहुविवाह ४ वटा रहेका छन् ।

कानून बमोजिम मिल्न सक्नेसम्मका मुद्दा भने मिलापत्रमार्फत् मेलमिलाप गराइएको उनले बताए । जिल्लाका पाँच गाउँपालिकामा रहेका न्यायिक समिति एवं अर्धन्यायिक निकायले गरेका काम समेत अनुगमन गरी सकिएको जिल्ला न्यायाधीश पुर्णप्रसाद वास्तोलाले जानकारी दिए । न्याय क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा समेत एकआपसी छलफल भएको थियो, उनले भने ।

कार्यक्रममा सर्वाेच्च अदालतले तयार गरेको न्यायपालिकाको चौथो रणनीतिक योजनाका मूलभूत विशेषतामाथि समेत प्रकाश पार्दै श्रेस्तेदार लुइटेलले कार्यान्वयनको चरणमा सवै क्षेत्रबाट सल्लाह सुझाव दिन नागरिक समाज लगायत रसुवावासीलाई आग्रह गरिएको थियो ।

अदालत स्थापनालगत्तै न्यायलय जाँदा फैसला हुन समय लाग्थ्यो । छिटोछरितो मुद्दाको सुनुवाई हुन थालेपश्चात् न्यायलयप्रति यहाँको नागरिकहरुको आर्कषण वढ्दै गएको रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका