थप २३ जना तामाङ पत्रकारको कोरोना बिमा (विवरण)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

तामाङ पत्रकार संघले थप २३ जना तामाङ पत्रकारको कोरोना बिमा गरेको छ । यो सँगै संघमार्फत कोरोना बिमा गर्ने तामाङ पत्रकारको संख्या १ सय ५ पुगेको छ ।

यसअघि संघले नेपाल तामाङ घेदुङको सहयोगमा ८२ जना पत्रकारको बिमा गरेको थियो । त्यस क्रममा छुट भएका २३ जनाको आइतबार युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालमा बिमा गरिएको संघले जानकारी दिएको छ ।

संघका अनुसार प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले कूल २३ लाख बिमाङ्कको बिमा गरिएको हो । यस बिमामा समेटिएका पत्रकारले एक वर्षको अवधिमा कोरोना भाइरस संक्रमण भई पिसिआर परीक्षणबाट पुष्टि भएमा एक लाख रुपैयाँ बिमा भुक्तानी पाउनेछ ।

संघले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गरी पत्रकारहरूको बिमा गरिएको संघका केन्द्रीय अध्यक्ष बिष्णु मोक्तानले जानकारी दिए । उनका अनुसार बिमामा देशभरकै तामाङ पत्रकार समेटिएको छ ।


संघका देशभर १८ जिल्ला र दक्षिण कोरियामा शाखा क्रियाशील रहेका छन् ।

तपाईको प्रतिक्रिया