फिफा वरियतामा नेपाल यथावत्

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औं स्थानमा रहेको हो ।

गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८औं स्थानमा रहेको छ, भने माल्दिभ्स १५५ औं स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औं स्थानमा रहदा बंगलादेश १८७ औं, श्रीलङ्का २०६औं तथा पाकिस्तान २००औं स्थानमा रहेको छ ।

नयाँ वरियताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ । त्यस्तै क्रोएसिया छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।


पछिल्लोसमय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरियतामा खासै परिवर्तन भएको छैन ।

तपाईको प्रतिक्रिया