जनतासँग जनप्रतिनिधिको सामिप्यतता

काठमाडाैं

नयाँ नेपालको परिकल्पनासहित स्थानीय सरकार चुनिएको करिव २ वर्ष पुग्न लाग्यो । करिव पन्ध्र वर्ष रिक्त रहेपछि भएको स्थानीय निर्वाचनसँगै जनताले आफ्ना प्रतिनिधि चुनेर पठाए र उनीहरुबाट अपेक्षा समेत धेरै गरे । यही अपेक्षाका बीच धेरै जनप्रतिनिधिहरु आफूलाई खरो रुपमा उतारे भने कयौंले विवाद मात्र सिर्जना गराए ।

निर्वाचित भएर आएपछि कतिपय जनप्रतिनिधिहरु गाडी खरिद ठेक्कामा विवादमा मुछिए भने कोही पिर्के सलामी खाएर विवादित बने । तर, यसैबीच पनि कति जनप्रतिनिधिहरुले रातदिन नभनि जनताको काममा खटिएर जनताको मन जित्न सफल भए ।

जनतासँग प्रत्यक्ष र सिधा जोडिने अधिकांश जनप्रतिनिधिहरुले काम नगर्दा समग्र सरकारको आलोचना भईरहेको समयमा केही प्रतिनिधिको कामले सिंहदरवार घरआँगनमा आउन लागेको अनुभूति दिलाएका छन् । देशभरका ७६० स्थानीय सरकारमा चुनिएका जनप्रनिनिधिहरु आ–आफ्नो काम गर्ने शैलीका कारण विवाद र प्रशंसा दुवै बटुलिरहेका छन् । यस्तै भिडमा जनताका लागि रातदिन खटिएका एक जनप्रतिनिधी हुन्, जयराम महत ।

काठमाडौ उपत्यकाको नगरपालिकाहरुले उत्साहजनक नतिजा दिन नसकेको भनि आलोचना भईरहँदा गोकर्णेश्वरका जनप्रतिनिधि महत भने फरक उदाहारण भएर निस्केका छन् । महत स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको वडा नम्वर ४ बाट प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित महत पहिलो पटक सक्रिय राजनीतिमा त्यही समयदेखि होमिए जुन समयदेखि उनी जनप्रतिनिधिमा निर्वाचित भए । समाजिक सेवामै रहेका उनी स्थानीय निर्वाचनपछि एकै पटक पार्टीको राजनीतिमा देखा गरे । त्यसअघि उनी राजनीतिक पार्टीको कार्यकर्ता भन्दा समाजसेवामा बढी सक्रिय थिए ।

सायदै कहिकतै मात्र स्थानीय तहका जनताहरु आफ्नो भोटको सही सदुपयोग भयो भनी खुसी होलान् । त्यसमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४ का बासीहरु पनि हुन् जसले जयराम महत जस्ता जनप्रतिनिधी पाएका छन् ।

गोकर्णेश्वर नगरपालीका वडा न. ४ मा पर्ने माकलबारी गोकर्ण स्थानीय नेवार समुदायको खेती गर्ने जमिन हो । पछिल्लो १० वर्ष यता खेत बस्तीमा परिणत भयो । गत वर्ष भक्तपुर र काठमाडौंका केहि स्थानहरु डुबान हुँदा माकलबारी गोकर्ण क्षेत्र पनि डुवानको चपेटाममा प¥यो । हालैको वर्षपछि एक बसाईमा यसै घटनाको स्मरण गरे स्थानीय बासीहरुले । वर्षादको समय । दिन भरिको कामले थकित महतको फोनमा माकलबारीका लेखबहादुर रायमाझीको घण्टी बज्छ ।लेखबहादुरले माकलबारीका केहि घर डुबानमा परेको खबर १२ बजे सुनाउँछन् । महत खाना, पानी र निन्द्र केहि नभनी माकलबारी पुग्छन् । जनताको दुःख सुखमा सहभागी हुन्छन् । जनता खुसी हुन्छन् अनि भन्छन्, जनताका प्रतिनिधि हुन त जयराम महत जस्ता । महतले जनताकै सेवाका लागि आफ्नो फोन हर समय खुल्ला राख्छन् । ‘जनताको मलाई वहाँहरुकै सेवाका लागि निर्वाचित गराएर पठाएका हुन्’ महत मुस्कुराउँदै भन्छन्, ‘जनताको काम त गर्नै परो नि !’

राजनीतिमा आएपछि जनताको कामबाट पछाडी हट्न नहुने सोच राख्दछन् महत । उनी माकलबारीको भित्री बाटोमा ग्रावल विछ्याउन स्थानीयसँगै खटिए । जनताको गुनासो नहुने गरी प्रतिनिधिले काम गर्नुपर्ने उनको भनाई छ ।

उनले आफ्नो वडामा काम विशेषले आउने सवै जनतालाई आफ्नो फोन नम्वर सदैब खुला गरेका छन् । घरको नक्सा पासदेखि वडाको सिफारिससम्म र नगरपालिकाको काम गराउन उनी आफै जनतालाई लिएर वडा र नगरपालिका धाउछन् । हरेक दिन उनी विहान ८ वजे घरबाट निस्कन्छन् अनि रात परेपछि मात्र फर्कन्छन् ।

दैनिक जनताको सेमा खटिदाँ घरपरिवारमा खटपट हुँदैन भन्ने प्रश्नमा उनको आफ्नै उत्तर छ । ‘राजनीतिमा लागेपछि दिनरात भन्न पाईंदैन र परिबारलाई समय दिन पनि पाईंदैन, त्यसैले खटपट हुनु सामान्य हो’ उनी थप्छन्, ‘जनप्रतिनिधि भनेकै जनताको कामका लागि हो ।’

जननिर्वाचित जनप्रतिनिधि र मतदाताको सामिप्यताले राज्य र जनता बीचको दुरी सधै नजिक बनाउँछ । राजनीति सेवा कि पेशा भन्र्ने बहस भईरहँदा जयराम महत जस्ता राजनीतिकर्मीले राजनीतिको परिभाषा जनताको सेवा नै हो भन्ने भावलाई कायम राख्न सहयोग पु¥याएको छ । निर्वाचित प्रतिनिधिले आफ्ना मतदातको अपेक्ष पुरा गर्न सके दल र राज्यप्रतिको बढ्दो किनारा उत्साहमा परिणत हुनेछ । यसो हुन सके प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा व्यवहारमा परिणत हुन्थ्यो कि ?

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका