तिम्रा सुन्दर नयनहरु, भुल्नै सकिनँ
तिमीविना एक्लै कतै, डुल्नै सकिन ।।१।।
कति कोशिस गरेँ कति, भुल्न तिमीलाई
तिमी बाहेक अरुसँग, घुल्नै सकिनँ ।।२।।
दिन काट्नै भयो कठिन, तिमी नहुँदा
पिङ चढेँ तिमीविना, झुल्नै सकिनँ ।।३।।
तिमीलाई मेरो माया, देखाउँ कसरी
जति प्रयास गरे पनि, खुल्नै सकिनँ ।।४।।
तिमी मेरो सौन्दर्य, रुपरंग लाली
तिम्रो अभाव भैदिँदा, फुल्नै सकिनँ ।।५।।
चाँगुनारायण–२