गोल्जुङबेशीको मल्लकालीन दरबार भग्नावशेष, संरक्षण खै ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रसुवा

पुरातात्विक वस्तु, मठमन्दिर, गुम्बा सांस्कृतिकको धरोहरा हुन, नेपाल । रसुवा विभिन्न ऐतिहासिक पुरातात्विक संस्कृतिको धरोहरा हो । जहाँ विभिन्न पुरातात्विक मन्दिर, दरबार रहेका छन् । करिब दुई सय पचास बर्ष पूरानो मल्लकालीन मन्दिर र दरबार यहाँ रहेका छन् । आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङबेशीमा रहेका यो दरबार अहिले भग्नावशेष अवस्थामा रहेको छ । पछिल्लो यो स्थानीय सरकारलाई न वास्ता छ, न सम्बन्धित निकायलाई नै यसको संरक्षण गर्न आवश्यक छ । यो केवल अहिले जिर्णाेदार अवस्थामा रहेको छ ।

पाटनको अन्तिम राजा जयप्रकाश मल्ललाई पृथ्वीनारायण शाहले हराएपछि उनका उतराधिकारी आफ्नो केही जनतालाई लिएर ज्यान जोगाउदै रसुवाको गोल्जुङवेशीमा राज्य खडा गर्न आएको उल्लेखित इतिहासमा छ ।

आमाछोदिङमो गाउँपालिका-४ गोल्जुङबेशी निवासी एवं बोर्डिङ संचालक बालकृष्ण श्रेष्ठले सो स्थानमा रहेको पिपलको रुखमुनि नारायणको मुर्ति रहेको बताए । उनले त्यसबेला त्यहाँ नेवारको बस्ती रहेको अनुमान लगाउन सकिने बताए । लुकेर राज्य गरेको हुँदा राजाहरुले आफ्नो बास्तविक नाम लुकाएर गोल्जुङबेशीमा राजाहरुले आफ्नो नाम लुकाएर गुल्मराजा र जोङघाङको राजाले उमराजा राखेको थियो । तर आफुलाई मल्ल राजा भनि परिचय नदिएको अवस्था रहेको थियो । यहाँ पाटनबाट श्रेष्ठ, कायश्थ जोशी, प्रधान, आदी घरका नेवार रहेका छन भने ति राजाले आफ्नो कुल पुजा गर्न नारायण भगवानको मुर्ति स्थापना गरेको भाई रहेको छ । गोल्जुङवेशीमा बस्दा पनि आफ्नो कुल धर्म छोड्न हुदैन भनेर नारायणको मुर्ति स्थापना गरेर पुजापाठ गर्ने गरेको र यस ठाउँमा राज गरेको भन्ने इतिहासमा उल्लेख छ ।

यहाँ दुई भाई राजाको दरबार थिए । एक भाई गोल्जुङवेशी भन्दा करिव ३ किलोमिटर दुरीमा पर्ने जोङघाङ भन्ने डाँडामा दरबार बनाएर बसेका थिए । स्थानीय भाषामा ‘जोङ’ भनेको दरबार र ‘घाङ’ भनेको डाँडा हो । त्यसैले यसलाई दरबार डाँडा भनेर चिनिन्छ । यहाँ पृथ्वीनारायण शाहलाई आक्रमण गरी दुई भाइलाई नै मारेर भएभरको सम्पत्ति लुटेर लगेको धेरै नेवारहरुलाई सम्हार गरेको भन्ने भनाई रहेको बुढापाकाहरु बताउँछन् ।


१९९० सालको भुकम्पले यो दरबार र मन्दिर भत्किएको छ, श्रेष्ठले भने दरबारको जग्गाहरु व्यक्तिको नाममा ल्याइसक्यो । घले राजाको दरबार भनिसकेपछि यस्तो ऐतिहासिक पुरातात्विक आस्थाको धरोहर लोप हुने अवस्था आएपछि प्रचारको खोजी गरिरहेको उनको भनाई थियो ।
यहाँ राजधानीबाट सानो तथा ठुलो गाडीमा सजिलै एकदिनमा नै पुग्न सकिन्छ ।

गुमनाम रहेका ठाउँहरु जिल्लाभित्र धेरे छन्, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । यस्ता पुरातात्विक धरोहराको खोजी र संरक्षण गर्न जरुरी छ, उनले भने, दरबारको पुननिर्माणको लागि पुरातत्व बिभागको ध्यानाकार्षण गर्नु जरूरी छ ।

उतिबेलाको मल्लकालिन दरबार थियो । अहिले भग्नावशेष मात्र रहेको छ । गणेश तथा भिमशेनको मन्दिर रहेको छ । नारायणको मन्दिर लगाएत नागको थान समेत रहेको पवित्र भुमलाई संरक्षण र संबद्र्धन गर्न स्थानीय सरकारको खाँचोको विषय हो । अझ यस स्थानको विस्तृत जानकारीको लागि बालकृष्ण श्रेष्ठसँगको कुराकानीमा सबै इतिहास आउने स्थानीयको भनाइ थियो ।

यस स्थानको संरक्षणमा स्थानीय सरकारको मुख्य भूमिका रहनुपर्ने बताउँदै रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जिव अमात्यले आफ्नो पनि सक्दो सहयोग रहने बताए ।

यो ठाउँ एकदमै गुमनाम छ । कमभन्दा कम मानिसलाई मात्र थाहा छ । उचित प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यस नारायण मन्दिर र दरबारको संरक्षण गरेर आफ्नो सांस्कृतिक धरोहरा जोगाउन सबै क्षेत्रहरुबाट लागिपर्नु आजको आवश्यकता हो । स्थानीय सरकारले ओझेलमा रहेका यस्ता पुराना स्थानको संरक्षण गरी प्रचारप्रसार गरे आन्तरिक तथा बाह्य पर्यटकले लागि नयाँ गन्तब्य बन्न सक्नेछन् ।

इतिहास मेटिदैन गएपछि आस्था र अस्तित्व मेटिदै जान्छ । त्यसैले आस्थावान वस्तुलाई जिवन्त राख्नुपर्दछ । ऐतिहासिक, धार्मिक भौगोलिक एवम् प्राकृतिक महत्व बोकेको यस ठाउँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । पर्यटकिय हिसावले पनि यहाँका प्राकृतिक सौन्दर्य वन कार्यालय अन्र्तगत पर्ने ठाउँ भाषा संस्कृतिहरु पनि त्यति नै महत्व रहेको छ ।

तपाईको प्रतिक्रिया