गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको बताएको छ । मगर समुदायको सांस्कृतिक चाड भूमे पर्वको उपलव्यक्षमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मगर समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिएको छ ।
मगर समुदायको परम्पराअनुसार प्राकृतिक प्रकोप नलागोस्, अन्नबालीको उब्जनी राम्रो होस् र रोगव्याधि नलागोस् भनी आफू बसोवास गर्ने भूमिलाई देउताको रुपमा पूजा गरी हरेक वर्षको असार १ गतेका दिन यो पर्व मनाइने गरिन्छ ।
विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ को विरुद्धमा अझ एकतावद्ध भई जुध्न, बर्षा याममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सबैलाई प्रेरणा मिल्ने उनले शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।