प्रदेश २ मा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
जनकपुरधाम

प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरिएको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ (४५.९५) प्रतिशत र पूँजीगततर्फ १७ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ (५३.६७) र वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ (०.४८ प्रतिशतश) बजेट विनियोजन गरिएको छ ।

आयतर्फ आन्तरिक स्रोतबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ, नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार रुपैयाँ र नगद मौज्दात छ अर्ब ९१ करोड २९ हजार रुपैयाँ विनियोजन गरिएको छ । अपुग रु एक अर्ब अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम नेपाल सरकारसँग ऋण लिइ पूर्ति गरिने अनुमान गरेको मन्त्री यादवले जानकारी दिए ।

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि दुई अर्ब ३५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ भने विपद् व्यवस्थापनका लागि रु पाँच करोड र कुपोषण न्यूनीकरणका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी ‘बेटी पढाऊ, बेटी पढाऊ’ कार्यक्रमलाई निरन्तरता दिँदै २५ हजार छोरीलाई शिक्षा बीमा, मुद्दती कार्यक्रमका लागि ३० करोड ६४ लाख ७७ हजार रुपैयाँ र अन्य कार्यक्रमका लागि रु २४ करोड ८६ लाख विनियोजन गरिएको छ । स्वास्थ्य शिक्षा, कृषि, सूचना प्रविधिमा जोड दिँदै सरकारले गुणस्तरीय शिक्षाका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण गर्न, कृषि क्षेत्रलाई आधुनिकीकरण, पर्यटनलगायतका क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया