व्यवसायिक फलफुल खेतीलाई बढावा दिन र विस्तार लागि कृषि शाखा नौकुण्डले कृषकलाई ११ हजार ८ सय ९० थान फलफुलको बिरुवा वितरण गरेको छ ।
चालू आर्थिक बर्षको ०७५/०७६ को बर्खे बिरुवा बितरण कार्यक्रम अन्र्तगत ९ हजार ५ सय ९० र पकेट क्षेत्रका लागि २ हजार ३ सय बिरुवा वितरण गरिएको हो ।
अम्बा ५ सय ८०, लिचि १ हजार ५ सय ८०, सुन्तला १ हजार ३ सय ५०, कागती ९ सय र अलैंची ६ हजार २ सय बिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख शम्भुप्रसाद राईले जानकारी दिए । जसमध्ये पकेट क्षेत्रका लागि १ हजार ३ सय सिड लेस लिचि र १ हजार आप्रपालि जातको आँपको बिरुवा वितरण गरि ९० प्रतिशत अनुदानमा वितरण गरिएको शाखा प्रमुख राईले बताए ।
यस्तै विद्यालय बगैँचा विस्तार कार्यक्रम अन्र्तगत पालिकाभित्रका २० विद्यालयलाई निशुल्क बिरुवा वितरण गरिएको छ ।
पकेट क्षेत्रबाहेकको कृषकले ७५ प्रतिशत अनुदानमा पाउनेछ ।