गाउँमा सडक पनि आयो, काल पनि आयो । स्थानीय हर्कबहादुर तामाङले गुनासो पोखे–‘बर्षातको भेल एकरथका साथ बग्ने हँुदा गाउँ बगाउने डरमा बाँच्नु परेको छ ।’ पहिरोले बस्ती जोखिममा परेपछि युब्रागाउँले सुरक्षित स्थानको खोजीमा छन् । तामाङले भने– ‘भुकम्पका कारण पहिरो जान सुरू गर्याे । त्यसमाथि सडक बिस्तारले गर्दा स्वास्थ्य, शिक्षा, खानेपानीको अभाव झेलिरहेको अवस्था छ ।’
कतिखेर गाउँ बगाउने हो भनी त्रासमा रातभर जाग्राम बस्न बाध्य छन, युब्रागाउँबासी । नौकुण्ड गाउँपालिका– २ युव्राका १ सय ४० घरपरिवार उच्च पहिरोको जोखिममा रहेका छन् ।
वर्षा सुरू भएपछि रातभर निदाउन सकिँदैन । गाउँ वरिपरि पहिरो आउने सम्भावना बढी छ । समस्या समाधान गर्न कसैले प्रयास गरेनन् । सडकको नाली नै जोखिमको मुख्य कारण बनेको छ, स्थानीय गणेश लामाले भने ।
यस बस्तीलाई सुरक्षित स्थानमा सार्न वा अन्य व्यवस्था मिलाउन गाउँपालिकाको ध्यान जानु जरुरी रहेको छ ।