योगीको ‘ सबको भलो हुने कर्म ‘ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

गायक शिशिर योगीले ‘ सबको भलो हुने कर्म ‘ बोलको म्युजिक भिडियो ल्याएका छन् ।

विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा निरन्तर पाइला चालेका योगीले उक्त गीत युटुवबाट सार्वजनिक गरेका हुन् । एस.पि. सापकोटाको मार्मिक शब्दमा सजिएको गीतलाई बसन्त सापकोटाले संगीत भरेका छन् भने बुद्ध स्याङ्बाले संगीत संयोजन गरेका हुन् ।

योगीले प्रत्येक गरीब तथा दिनदुखिहरुलाई सहयोग गरेमा मनमा शान्ति मिल्ने र सारा जीवनभरी उनीहरुलाई नै सेवा गरेमा पुण्य मिल्ने भाव व्यक्त गरेको छ । उक्त गीतलाई नवराज उप्रेतीले छायांकन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया