रेश्माको टुङनाको धुन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायिका रेश्मा बम्जनले ‘टुङ्नाको मिठो धुन हुन्छ’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

तामाङ समुदायको मैच्याङ र च्याङ्बासँग सम्बन्धित उक्त सेलो गीत बिहीबार कला घर सिन्धुलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा निरुता लामा, रिता थिङ, पदम भाई र जीवन थापामगरको बेजोड अभिनय रहेका छन् ।

सोही गीतमा शब्द संगीतमा विश्व दोङ र संगीत संयोजनमा देवेश राईले साथ दिएका छन् । त्यस्तै दिपेश प्रधानको मिक्सिङ रहेको उक्त सेलो गीतमा गायिका बम्जनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान सिन्धुपाल्चोक शाखाका अध्यक्ष योगेश लामाले गायनमा साथ दिएका छन् ।

यसअघि गायिका बम्जनले यो कान्छीको…, के सारो हेरेको…, डम्फु र सेलो…., सोल्टिनी मैच्याङ…., तामाङकी चेली…, गोरी गोरी मैच्याङ…, अम्मैले होइ…लगायतका गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् ।


बिशेषत: तामाङ समुदायलाई प्राथमिकता दिई डम्फू र टुङनाको धुनमा मायाको मीठो धुन मिलाउन खोजिएको छ ।च्याङ्बा र मैच्याङको बीचमा भएको पिरती ठट्यौली शैलीमा प्रस्तुत गरिएको छ । गीतलाई नेपाली बाबू सुमनले निर्देशन गरेका हुन् भने शिशिर सिद्धले छायांकन गरेका छन् ।

तपाईको प्रतिक्रिया