अर्थोडक्स चियाको लोगो कार्यान्वयनका लागि असल कृषि अभ्यास सम्बन्धि तालिम विहीबार सम्पन्न भएको छ । राष्ट्रिय चिया एवं कफि विकास बोर्ड चिया विस्तार योजना धनकुटाको आयोजनामा सम्पन्न तालिममा धनकुटाका चिया किसानहरुको सहभागीता थियो ।
नेपालमा उत्पादन हुने अर्थोडक्स चियाले लोगो पाएपनि हालसम्म कार्यान्वयन भएको छैन, बोर्ड हिलेका योजना प्रमुख इन्द्रप्रसाद अधिकारी भने । किसानलाई फसलको उचित लाभ लिन सहयोग पुर्याउने उद्देश्यले तालिम दिएको प्रमुख अधिकारीले बताए ।
दुइ दिने तालिममा कृषकहरुलाई बगानमा विषादी र मल प्रयोग, टिप्ने तरिका, औजारको प्रयोग, भण्डारण, कृषक र प्रशोधनकताबीच हुनुपर्ने सम्झौता लगायतको बारेमा तालिम दिएको हो ।
समपनमा चिया उत्पादन सहकारी संस्थाका अध्यक्ष इन्द्रा सारु मगर, चिया तथा कफी विकास बोर्डका चिया प्राविधिकहरुको उपस्थिति थियो ।