साउदी अरेबियाको रियादबाट काठमाडौंंको लागिका नेपाल एयरलाइन्सले चार्टरउडान गरेको छ ।
आरए-२१९२ नम्बरको विमानले २० तारिख शनिबार राती ११.३० बजे चार्टरउडान भरेको हो । उक्त उडानमा एक नावालक, दूतावासको सेल्टरमा रहेकी ४ महिलासहित २४७ जना नेपालीहरू फर्काएको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।
स्वदेश फर्काएका सबै नपालीको विमानमा चढ्नुपूर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेन्टाइन लगायतका कागजातमा हस्ताक्षर लिएको राजदूत राजपुतले बताए । उनका अनुसार नेपाल फर्किएका नेपालीहरुको कोरोना नेगेटिभ रिपोर्ट पनि एअरपोर्टमा देखाएको थियो ।
यात्रुहरूलाई बिदाइ गर्न राजदूत राजपुत किङ खालिद विमानस्थल पुगेको थियो । उनले चार्टरउडानका लागि साउदीस्थित ट्राभल्सका सुरेशराज त्रिपाठी, नेपाल एयरलाइन्स, कोरोनाको परीक्षणमा सहयोग गर्ने नेपाली चिकित्सक लगायतलाई धन्यवाद दिए । ‘ आफ्ना नागरिकहरुलाई विमानस्थलमा समस्या नहोस भनेर बिदाइ गर्न आएको हुँ,’ राजदूत राजपुतले भने,’ कोरोना सङ्क्रमणको असहज परिस्थितिका कारण रोकिएकाहरू स्वदेश फर्काउन पाउदा दूतावासमा कार्यरत साथीहरू र म एकदमै हर्षित छौं ।’
वैदेशिक रोजगारीबाट फर्केकाहरुले घरपरिवार, समाज र समग्र मुलुकका लागि आशा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण भूमिका खेल्न दूतावासले आग्रह गरे ।
दूतावासले यहा रहेका नेपालीहरुलाई सुरक्षित प्रणाली अपनाउन, कुनै पनि बहानामा बासस्थान नछोड्न र भयभीत नहुन अनुरोध गरेका छन् । पहिलो चरणको चारवटा चार्टरउडान मध्ये दमाम र रियादबाट भएको र बाँकी २ उडान दमाम र जेद्दाबाट जुन २३मा हुने दूतावास जानकारी दिए ।
थप यो पनि
•साउदीबाट उद्धार उडान सुरु, १५३ जना नेपाल फर्के
•दमाम-काठमाडौं चार्टरउडान सर्यो, अब जुन २३ मा हुने
•रियादबाट उद्धार उडान आइतबार हुने, नेपाल एयरलाइन्समा सम्पर्क गर्न दूतावासको आग्रह