कैलालीको धनगढी उपमहानगरपालिकाको शहिद गेटस्थित निलम होटल नजिक शक्तिशाली बम विष्फोट भएको छ । बिहीबार बेलुका भएको विस्फोटमा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा केशवराज पाण्डे, रामसिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् । उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।
त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1