रुदानेसँग जोडिएका अपत्यारिला प्रसंगहरु

रुदानेको प्रसिद्ध नाम ‘बहुला’

काठमाडाैं

उत्तरी मकवानपुरको उर्वर माटोमा जन्मिनुभएका रुपचन्द्र बिष्ट एक राजनीतिक र दार्शनिक व्यक्तित्व त हुँदैहो । उहाँको व्यवहार, आचरण, कार्यशैली लगायतका सबै पक्ष बिचार गर्दा उहाँ अद्भुत क्षमता र विलक्षण प्रतिभाको धनी रहेको स्पष्ट हुन्छ । ‘सादा जीवन उच्च विचार’ का अनुयायी बिष्ट अर्थात् रुदाने असल कम्युनिष्ट र व्यवहारवादी नेताका रुपमा समेत परिचित हुनुहुन्थ्यो । उहाँका जीवनकालभरी सुनिएका, पढिएका र जनमुखी सहकर्मीहरुद्धारा भोगिएका पक्षहरुलाई दृष्टिगत गरी एक वृहत खोज तथा अध्ययन गर्नु आवश्यक छ । जुन खोजबाट रुदाने को हो ? उहाँले किन त्यस्ता व्यवहारहरु प्रदर्शन गर्नुभयो र ति सबै व्यवहारको सार तथा निचोड के थियो भनेर नयाँ पुस्तालाई रुदानेबारे चेतना जागृत गर्न र पढाउन मद्दत पुग्छ ।

एकाध पटक आमुन्नेसामुन्ने भएर प्रत्यक्ष रुपमा उहाँलाई देखभेट गरेको र उहाँको भाषण सुनेको सम्झना, त्यस घटनापछि रुदानेबारे मेरो बाल मस्तिष्कमा परेको प्रभाव र त्यस आधारमा उहाँकाबारे गम्भीरतापुर्वक थालिएको खोज अध्ययनका आधारमा मेरो दावी छ- ‘रुदाने सामान्य मानव होइनन्, महामानव हुन् । रुदाने सामान्य होइन असामान्य व्यक्तित्व हुन् ।’ उहाँका जीवनसँग जोडिएका अपत्यारिला तर यथार्थ केही प्रसंगहरुको चर्चा गर्न चाहन्छु । जसको विभिन्न व्यक्तिहरुले उदृत गर्न र पुष्टी गर्न समेत सहमति जनाउनुभएको छ । हुनत रुदानेसँग सम्बन्धीत अविष्मरणीय र मिथकीय प्रसंगहरु अनगिन्ती छन् तर पनि ति सबै यथार्थताको धरातलमा जाँचिनुभन्दा मिथक बनेर जनमानसमा घुमिरहेको पाइन्छ ।

जिँउदो छँदै मरेको हल्ला

रुदाने विशिष्ट प्रकारको मान्छे हुनुहुन्थ्यो । उहाँले त्यतिबेलै तत्कालीन शासकहरु र शासन व्यवस्थालाई चुनौती दिइरहुनभएको थियो । त्यसो भएको हुनाले उहाँका पछाडि विभिन्न तहका राष्ट्रिय र अन्तराष्ट्रिय सिआइडीहरु पछि लाग्ने गर्न थाले । यही क्रममा २०२८ साल माघ १ गते माघे संक्रान्तिको अवसरमा देवघाटमा मेला लागिरहेको थियो । त्यहाँ उहाँका माइलाबाको छोरा र साइँलाबाको छोराहरुको व्रतवन्ध थियो ।
त्यहाँ एक्कासी झुल्किनुभएका रुदाने सायद त्यतिबेला पनि सिआइडीहरुले घेरिएको जानकारी पाएर होला अचानक केही वर्ष हराउनुभयो । त्यो दिन अधिकांश मान्छे ब्रतवन्धतिरै लागिरहेका थिए । उहाँ नारायणीको त्यत्रो ठुलो भेलमा एक्कासी हामफालेर डुबुल्की मार्दै तलसम्म जानुभएछ । मान्छेहरुले ज्यान बच्ने आशा मारे, शायद नारायणीले निल्यो भन्ने अनुमान गरियो । उहाँका बारेमा कयौं वर्षसम्म ‘मरेको हल्ला’ चल्यो ।

तर उहाँ पौडिदै नारायणघाटसम्म पुगेर त्यहाँबाट भारतका विभिन्न स्थानमा पुर्वीय दर्शनहरुको प्रयोग र अभ्यास गर्दै केही वर्षपछि सिधै जन्मथलो पालुङमा दाह्री कपाल पालेर साधुको भेषमा आइपुगेको थियो । सबैभन्दा पहिले पण्डितहरूको र दोस्रो चरणमा दलितहरुको भेला आयोजना गरेर पुर्वीय दर्शनको सवल र दुर्वल पक्षबारे व्यापक चर्चा परिचर्चा गरेको स्थानीय बुढापाकाहरु बताउँछन् । सो माघे संक्रान्ति ब्रतवन्धमा आफु रुदानेसँगै भएको र उहाँ नदीमा डुबुल्की मारेर केही बेरपछि आई आफुसंगै पुर्वीय दर्शनको अध्ययनको लागि सँगै भारत लान खोजेको तर आफ्नो परीक्षा परेका कारण जान नसकेको रुदानेका सहोदर कान्छा भाई तथा वरिष्ठ व्यवसायी गुणचन्द्र विष्टले बताउनुभयो ।

साँढेसँग कालिमाटीमा नियमित जुधाई

रुदाने कालिमाटी बस्दा पहलमान कहलिनुभएको थियो । उहाँ राष्ट्रिय पञ्चायत सदस्य ९रापस० नहुँदै चर्चित व्यक्तित्व हुनुहुन्थ्यो । एक बलियो साँढेसँग नियमित जुझ्नुहुन्थ्यो । एकसेएक गुण्डाहरु उहाँसँग तर्सन्थे पनि । शरीरलाई शक्ति सन्तुलनमा राख्न यो आवश्यक भएको उहाँको तर्क थियो । हालको बिष्णुमती पुलबाट सोल्टीमोडसम्म रुदाने र साँढेको जुधाइको व्यवस्थापन गर्ने काम केदार मानन्धरले गर्नुहुन्थ्यो । एकफेर रुदानेलाई साँढेले घचेट्दैघचेट्दै सोल्टीमोड पुर्याउने र सोल्टिमोेडबाट रुदानेले साँढेलाई घचेट्दैघचेट्दै विष्णुमती पुलसम्म पुर्याउने काम हुन्थ्यो ।

यो क्रम पाँच पटकसम्म गरेपछि मान्छेहरुको जात्रासरी भीड लाग्थ्यो । साँढेलाई त्यसरी थकाएपछि उहाँले साँढेको भुँडीमा आफ्नो खुट्टा राखेर साँढेको दुइवटा सिङ समातेर पर्लक्क पल्टाएर साँढेलाई भूँइमा सुताइदिनुहुन्थ्यो । साँढे र उहाँको प्रेमभाव हुन्थ्यो । रूदाने आएपछि त्यो साँढे पनि पुच्छर हल्लाउदै, मुन्टो बटार्दै रुपचन्द्र भएको ठाँउमा आइपुग्थ्यो । पछि साँढेलाई एक पाथी चना र आफुलाई एक कुरुवा चनाको व्यवस्थापन हुन्थ्यो । चना खाइसकेर उहाँहरु छुट्टिने गरेको रुपचन्द्रका विद्यार्थीसमेत रहेका जनमुखी सहकर्मी रामनारायण बिडारी बताउनुहुन्छ ।

बिडारीले २५ पैसा नतिर्दा सार्वजनिक सभा

मकवानपुरस्थित जनकल्याण माविमा रुदाने हेडमास्टर हुँदा त्यतिबेला ३८ वटा बिहानी स्कुल चलाइएको थियो । हाइस्कुल पढ्ने ९ र १० कक्षाका विद्यार्थीहरुले ति बिहानी कक्षामा गएर अनिवार्य पढाउनुपथ्र्यो । सोही क्रममा जनमुखी सहकर्मी तत्काल ९ कक्षामा पढ्ने रामनारायण बिडारी पनि पालुङ(अंगारे भन्ने गाउँमा पढाउन जाने गर्नुहुन्थ्यो । दिउँसो पढ्न नपाउने बालबालिकाहरु त्यो बिहानी कक्षामा पढ्थे । त्यसबापत प्रतिमहिना प्रति व्यक्ति ७५ पैसा तलब पाइन्थ्यो । त्यस तलब सबै एकै ठाउँमा जोडेर हिसाब निकालेपछि पढाउन जानेहरुबीच बाँड्ने काम हुने रहेछ ।

त्यसरी बाँड्दा बिडारीले अर्को कुनै व्यक्तिलाई २५ पैसा दिनुपर्ने देखिएछ । उहाँले ‘२५ पैसा त हो नी’ भनेर त्यो हिसाबलाई खासै महत्व नदिइ बस्नुभएछ । तर रुदानेले त्यो २५ पैसाको लागि शिखरकोट बजारमा सभा नै राख्नुभएछ । ‘अहिले मैले यो बारेमा उनलाइ सच्याउन सकिनभने भोली पदमा हुँदा ठुलै रकम पनि गोलमाल गर्ने बानी हुन सक्छ भनेर उसलाई बुझाउनका लागि नै यो सभा राखिएको हो । उसले आज दिनभरीमा २५ पैसा जहाँबाट ल्याएर भएपनि हिसाब समायोजन गर्नु’ भनेर समय दिनुभयो । त्यो सार्वजनिक प्रचारपछि बिडारी भने लाजले भुतुक्कै भएर २५ पैसा ल्याएर हिसाब समायोजन गरिदिनुभएको अनुभव हाल राष्ट्रियसभा सदस्य रहेका बिडारीले सुनाउनुभयो ।

मुख्यमन्त्री पौडेलको तन्ना लिलामी

सबैले बहुला भन्छन्’ फेरी सोधिएछ, ‘तपाँइ बहुलाएकै हो त ? उहाँले भन्नुभयो, ‘मेरो चाँही नाँउ बहुला हो, अरुको बुद्धि नै बहुला हो ।’

अहिलेका ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल एकताका बिद्यालयको शिक्षक हुनुहुन्थ्यो । रुपचन्द्र त्यतिबेला राष्ट्रिय पञ्चायतको सदस्य हुनुहुन्थ्यो । रुदाने त्यतिबेला हेटौंडाको महेन्द्र चोकमा पर्चा बेच्दै हुनुहुन्थ्यो । रुपचन्द्रलाई देखेपछि पौडेल पनि आउनुभयो, उहाँहरुबीच कुराकानी भयो । पौडेलले पर्चा लैजाने कुरा गर्नुभएछ । रुदानेले शायद हिसाब गरेर पैसा पछि दिने शर्तमा डोरमणी पौडेललाई ३५ रुपैंयाको पर्चा दिनुभयो । पैसा दुई चार दिनभित्र दिने प्रतिवद्धतापछि पौडेल त्यहाँबाट हिँड्नुभयो ।

तर बीचबीचमा भेट्दा पनि पौडेलले पैसा नदिएपछि रुपचन्द्रलाई शायद रिस उठेछ क्यारे । ३(४ महिनासम्ममा पनि रूदानेले पैसा नपाएपछि उहाँ पौडेलको नवलपुरस्थित घरमा नै जानुभयो । उति बेला पौडेल न्यून आय भएको सामान्य मान्छे नै हुनुहुन्थ्यो । घरमै पुगेर रुदानेले ‘खै ले त भाते, त्यो ३५ रुपैंया भनेर प्रश्न गर्नुभएछ । त्यतिबेला पौडेलले पैसा दिन आलटाल गरेपछि रुदाने आफैं घरभित्र छिरेर खाटमा हालिराखेको राम्रो तन्ना टिपेर हिँड्नुभएछ । रुदानेले सो तन्ना ल्याएर चौतारोको वरपिपलको रुखमा झुन्ड्याउनुभएछ र कागजको टुक्रामा ‘यो डोरमणीको तन्ना हो, रु ३५ मा लिलाम बढाबढ छ’ भनेर लेखिदिनुभएछ ।

त्यसपछि त्यहाँ धेरै मान्छे आएर हेर्न थाले । एकछिनपछि पौडेल आफैं आएर आफ्नो गोजीबाट ३५ रुपैंया तिरेर घरको तन्ना लिएर जानुभएको रोचक प्रसंगको चर्चा छ । ‘जुन कुरा डोरमणीजी आफैंले रुदानेको १३ औं स्मृति दिवसको दिन आयोजित श्रद्धाञ्जली कार्यक्रममा भाषण गरेको कुरा हो ।’ ९यो कुरा डोरमणी जिले रुपचन्द्रको मृत्युपछि आफैले स्मृतिसभामा वोल्नु भयो ।०

बिडारीका अनुसार त्यसपछि रुदानेले पौडेललाई पनि त्यहीँ राखेर करिब दुई सय जनाको बीचमा भाषण गर्नुभयो । भाषणमा उहाँले कडा तर्क समेत दिनुभयो । रुदानेको भनाई उदृत गर्दै बिडारीले भन्नुभयो, ‘पिपलको गेडोभित्र विशाल वृक्ष हुन्छ । तर मुर्खले भने त्यो गेडोलाई चिरेर साँच्चै रुख छ की छैन भनेर हेर्छ, अर्को मुर्खले सिलौटोमा राखेर पिनेर हेर्छ । रुख त भेट्दैन । अनि कस्तो फटाहा रैछ भन्ने ठान्दछ । तर वास्तविकता त्यही पिपलको गेडोभित्र विशाल पिपलको वृक्ष छ । त्यो सुक्ष्म रुपमा छ । मौका पायो, वातावरण मिल्यो र घामपानी मिल्यो, माटोमा पर्यो भने त्यो विशाल हुन्छ । त्यस्तै, डोरमणी पौडेलको मनभित्र भ्रष्टचारको त्यस्तै विउ सुक्ष्मरुपमा रहेछ । मौका पाएपछि त्यो हुर्केर, बढेर विशाल भ्रष्टचारी बन्न सक्छ ।

त्यसकारण त्यो सुक्ष्म वीजलाई मैले झिकिदिनुपर्ने मेरो कर्तव्य थियो । मैले खोतली खोतली झिकीदिएको मात्र हुँ । तपार्हइरु जम्मैलाई चिनाइदिएको छु । यति कारणले उसको त्यो वीज सखाप भयो की भएन भन्ने कुरा पछिका व्यवहारबाट पुष्टी हुँदै जाला । यसरी मानिसहरुका बीचमा रुदानेले बोलेको बिडारी बताउँछन् । हाल राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति समेत रहनुभएका रामनारायण बिडारीले जानकारी दिनुभयो । पौडेलले भनेको भन्दै बिडारीले भन्नुभयो, ‘रुपचन्द्रको यो कार्यले गर्दा म अहिले पनि पदमा पुगेपछि झलक्क त्यो कुरा सम्झन्छु होसियार हुन्छु । यसअघि हेटौंडा नगरपालिकाको दुई कार्यकाल मेयर र हाल ३ नम्बर प्रदेश सरकारको मुख्यमन्त्री पौडेलसँगका यी प्रसंगहरु अत्यन्तै रोचक लाग्छन् ।

महिलाको घाँसको भारी बोकेर टाप

रुदाने रापस हुँदा पनि पटकपटक अभियान लिएर गाउँ जानुहुन्थ्यो । यही क्रममा इपा पुग्नुभएछ । मकवानपुरको इपा भन्ने स्थान अत्यन्त विकट ठाउँ हो । घनघोर उकालो बाटोमा एउटा अधवैंशे महिला सकीनसकी घाँसको भारी बोक्दै तर्तरी पसिनाको धारा चुहाउँदै अगाडि बढ्दै रहिछिन् । रुदाने अजङ्गको बलियो भएकाले त्यो अपरिचित महिलाको डोको दाहिने हातले समातेर लुरुलुरु माथितिर जानुभयो । त्यो बिचरी महिलाको अपरिचित व्यक्तिले आफ्नो घाँसको भारी हडप्यो भन्दै कराउँदै, रुदानेलाई सराप्दै पछिपछि लागिन् ।

जब रुदाने उकालो सकेर थाप्लोमा पुग्नुभयो, तब घाँसको भारी भूइमा राखिदिनुभयो । महिलाको गाली गर्ने क्रम अझै रोकिएको थिएन । अरु व्यक्तिहरुले उहाँ माननीय भएकाले गाली नगर्न भने । रुदानेले आफुले ‘सामान्य काम गरेको’ जवाफ दिनुभयो । ‘म पनि यतै आउँदै थिए । उसलाई साह्रै गाह्रो भएको देखें ।’ रुदानेले भन्नुभयो, त्यसकारण मलाई यति ल्याउन सामान्य भयो ।

महिलाले आफ्ना भाषा शैलीमा जसरी रुदानेसँग सवाल जवाफ गरिन्, त्यो गालीबाट रुदाने खुसी हुनुभयो । रुदानेले गर्न खोजेकै वास्तवमा त्यही थियो । नारीहरु जतिसुकै थिचोमिचोमा पर्दा पनि सहने गर्छन,उनीहरु जाग्नुपर्छ भन्ने रुदानेको भनाई थियो । अन्याय पर्दा महिलाले यसैगरी विद्रोह गर्नुपर्छ भन्ने उदाहरण दिँदै त्यसै विषयमा त्यो बेला उहाँले दुइघण्टा जनमुखी सभा चलाएको उहाँसँगै इपा पुग्नुभएका बिडारीले बताउनुभयो । उहाँले गाउँसभा आयोजना गर्दा गाउँका दलित, विधुवा महिलाहरुलाई नै सभापतिका रुपमा प्राथमिकता दिनुहुन्थ्यो ।

मनमोहनका पसलमा छिर्दा

२०४७र४८ तिर मनमोहन अधिकारी नेकपा माक्र्सवादी पार्टी खोलेर टेकुमा बस्नुभएको थियो । शहीद शुक्र वृक्ष नजिकै चारतला माथि उहाँको कार्यालय थियो । रुपचन्द्रले अक्सर मनमोहन अधिकारीलाई भेट्ने गर्नु हुँदोरहेछ । एकदिन माननीय बिडारी र रुपचन्द्र विष्ट मनमोहनलाई भेट्न जानुभएछ । सुरुमा मनमोहनलाई रुदानेले नमस्कार गर्नुभयो । मनमोहनले ‘ओहो रुपचन्द्र आएछौ, ल ल बस’ भन्नुभयो । त्यतिबेला सँगै रहनुभएका माननीय बिडारी भन्नुहुन्छ, ‘उहाँले मलाई मनमोहन अधिकारीसँग चिनाउने क्रममा भन्नुभयो, ‘यो रामनारायण बिडारी, जनमुखी अभ्यास गर्छ, यसले आवश्यक पर्दा बिरोधीलाई यसरी नास गरिदिन्छ की त्यो धेरै लामो समयसम्म उठ्न सक्दैन । ’

त्यसैगरी बिडारीलाई मनमोहन चिनाउने क्रममा भन्नुभएछ, ‘उहाँ आफ्नो वर्गभित्रै विद्रोह गरेर कम्युनिष्ट राजनीतिमा लागिपरेको मान्छे मनमोहन अधिकारी हुनुहुन्छ, त्यो नै उहाँको त्याग हो । त्यसकारणले म भेट्न आउने गर्छु ।’ त्यसपछि मनमोहन अधिकारीले भन्नुभयो, ‘पसल थापेर बसेको छु, यो व्यापार नै हो । आफ्नो सामान राम्रो छ त भन्नै पर्छ । पार्टी मेरै राम्रो भन्छु, कसको के विक्री हुन्छ, कति कसले किन्न सक्छन्, त्यो आफ्नो कुरा हो । यो मेरो पसल हो ।’ अनि रुपचन्द्रले बिडारीसँग भन्नुभयो, ‘देखिस्, कति इमान्दार, कति प्रष्ट, गरेकै यही हो त ।’

रुदानेको प्रसिद्ध नाम ‘बहुला’

एमनेस्टी इन्टरनेशनलको अन्तराष्ट्रिय म्यागजिनको लागि अन्तर्वार्ता लिन भनेर एकपटक रुदानेको कालिमाटीस्थित घरमा विदेशी सहितको नेपाली टोली आइपुग्यो । अन्तर्वार्ता नेपालीमा लिए तर अन्तर्वार्ता सकिएपछि रुपचन्द्रले त्यो विदेशीसँग भने अंग्रेजीमै कुरा गर्नुभयो ।

औपचारिक रुपमा अन्तर्वार्ता सुरु भयो । उनीहरुले पहिलो प्रश्न गरे, ‘तपाईको खास नाम नै रुपचन्द्र विष्ट होइन त ?’ उहाँले भन्नुभयो, ‘मेरा धेरै नाम छन्, प्रसिद्ध नाम चाहीँ त्यो होइन ।’ फेरी सोधियो, ‘प्रसिद्ध नाम के हो त ?’ उहाँले भन्नुभयो, ‘मेरो प्रसिद्ध नाम चाहीँ ‘बहुला’ हो । सबैले बहुला भन्छन्’ फेरी सोधिएछ, ‘तपाईं बहुलाएकै हो त ? उहाँले भन्नुभयो, ‘मेरो चाहीँ नाउँ बहुला हो, अरुको बुद्धि नै बहुला हो ।’

फेरी अर्को प्रश्न तेस्र्याइयो, अनि तपाईको परिवार ? उहाँले जवाफ दिनुभयो, ‘त्यो चासो नपरेको विषय । ’ फेरी सोधियो, तपाईको शैक्षिक योग्यता ?, उहाँले भन्नुभयो, ‘थाहा पाउन खोज्ने ।’ पुन स् प्रश्न जारी थियो, ‘तपाईको ठेगाना ?’ जवाफ थियो ‘जिउको ढ्याक ।’

यस्तो प्रकारको लामो रोचक कुराकानी भएको अन्तर्वार्तामै सँगै रहनुभएका माननीय रामनारायण बिडारी बताउनुहुन्छ । बिडारीले सुनाउनुभयो, ‘रुपचन्द्र सा(साना पर्चा बेच्ने रापस हो । रापस हुँदा तत्कालीन सूर्यबहादुर थापा जल्दोबल्दो राजनीतिमा थिए । रुदानेले एक पर्चा दिनुभयो । वहाँले यो त बुझिएन भन्नुभयो । बुझ्ने पर्चा पनि छ भनेर खल्तीभित्र हात हालेर १० रुपैयाँको नोट दिनुभयो र भन्नुभयो यस्ता नोट मात्र वुझ्नेहरुले जनताको भोट सैद्धान्तिक पर्चा बुझ्न कठिन छ भने पछि हुल सांसद हललल हाँसे । यो कत्रो व्यङ्ग्य थियो सम्झौं त ! ’

(लेखक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला अध्यक्ष हुन् ।)

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका