जेद्दा-काठमाडौं नेपाल एयरलाइन्सको चार्टरउडान मंगलबार हुने

मार्च १६ अघि भिसा सकिएकाले पुन: लगाउनुपर्ने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
28 Shares
जेद्दा, साउदी अरेबिया

साउदी अरेबियाको जेद्दा-काठमाडौं नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चार्टरउडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले जुन २३ तारीख मंगलबार चार्टरउडान भर्न लागेको महावाणिज्य दूतावास (नेपाली कन्सुलेट जनरल ) जेद्दाले सूचना जारी गरी जानकारी दिएको हो ।

महावाणिज्य दूतावासको सूचनामा ‘ अनलाइन फाराम, टेलिफोन, व्हाट्सप लगायत अन्य माध्यमबाट विवरण टिपाएकाहरुलाई उडानमा प्राथमिकता दिने’ उल्लेख छ । सूचनामा ‘ टिकटको मुल्य साउदी रियाल २ हजार २१३ ( ७१ हजार ५ सय रुपैयाँ ) तोकिएको र नेपाल वा साउदीबाट अनलाइन ई-बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्ने’ लेखिएको छ ।

जेद्दाबाट नेपाल सरकारले तोकेको बमोजिम नेपाल एयरलाइन्ससँगको सहकार्य र एयरलाइन्सले साउदीस्थित गिल्ट ट्राभल्स एण्ड टुरस (Gilt Travels and Tours )का सुरेशराज त्रिपाठीको समन्वयमा चार्टर उडान भर्न लागेको महावाणिज्यदूत रेवती रमण पौडेलले जानकारी दिए । उनका अनुसार कोरोना कारण समस्या परेकाहरु, काजकिरिया, बिरामी, रोजगारी गुमाएका, भिसा करार सकिएका, पारिवारिक भिसामा आएका लगायत अन्यलाई पठाउने तयारी गरेका छन् ।

टिकटका लागि साउदीमा सुरेशराज त्रिपाठी ०५८०५९६१४०, प्रेम प्रकाश गौतम ०५९७९२०४६५, रमेश श्रेष्ठ ०५८३९५१२३४, बिष्णु न्यौपाने ०५९०८८७२२२ मा सम्पर्क गर्न सक्नेछन् । मास्क र पन्जा यात्रु स्वयंले व्यवस्थापन र समयभन्दा ४ घन्टा अगाडिनै विमानस्थल पुग्नुपर्ने प्रतिनिधि त्रिपाठीले बताए ।

उनका अनुसार कोरोना भाइरस रिपोर्ट र मार्च १६ तारीखमा भिसा मिति सकिएको भएमा कागजपत्र लिएर आउनुपर्ने छन् । मार्च १६ तारीख भन्दाअघि भिसा सकिएमा पुनः भिसा लगाएको कागजपत्र हुनुपर्ने र छुट्टीको हकमा पुनः साउदी आउने भिसा हुनुपर्ने जानकारी दिए ।

https://www.facebook.com/1831967067076869/posts/2593449420928626/

तपाईको प्रतिक्रिया