रश्मीको ‘फुलमा पनि….’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पछिल्लो समय चर्चामा रहँदै आईरहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘फुलमा पनि..’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

केही समय पहिले ‘मान्छेको भिड भित्र….’ बोलको गीतको भिडियो सार्वजनिक गरेको थियो । खोटाङ चिसापानीकी गायिका राई आफ्नो यो पछिल्लो सांगीतिक कोसेली पनि श्रोता, दर्शकले मनपराई दिनु हुनेमा डुक्क छन् ।

भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको भिडियोमा गायिका राईलाई मोडलको रुपमा देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया