अफ्रिकी मुलुकका फुटबल खेलाडी कुडग्बाको निधन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
टोगो

टोगोको खेलाडी कोसी कुडग्बाको आइतबार निधन भएको छ । अफ्रिकी मुलुक कुडग्बाको २५ बर्षको उमेरमा मलेरियाका कारण निधन भएको हो ।

टोगोलिज क्लब एएससी काराबाट व्यवसायीक फुटबल खेल्ने कुडग्बाले लगातार दुई सिजन उत्कृष्ट स्ट्राइकरको पुरस्कार समेत जितेका थिए । उनको क्लबका लागि गतबर्ष लिग उपाधि पनि उचालेका थिए ।

टोगोमा पनि कोरोना भाइरस कारण फुटबल खेल स्थगित भएपछि कुडग्बाको आफन्तसँगै डेभि शहरमा बसेका थिए । ट्युनिसियनका युएस टाटुइन क्लबमा आवद्ध हुने तरखरमा रहेका कुडग्बा मुटुमा समस्या देखिएपछि आवद्ध नभएको स्थानीय पत्रपत्रिकाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया