मातृभाषामा शिक्षा तथा भाषा संरक्षणसम्बन्धी स्थानीय सरकारसित सहकार्य र समझदारी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

स्थानीय तहमा भाषा नीति निर्माण तथा मातृभाषा शिक्षासम्बन्धी भच्र्युअल छलफल सम्पन्न भएको छ । असार ३ गते भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा आयोग, आदिवासी जनजाति उत्थान रािष्ट्रय प्रतिष्ठान, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय संघ र नेपाल आदिवासी जनजाति महासंघद्घारा छलफल आयोजना गरेका थिए ।

छलफलमा मातृभाषामा शिक्षा र भाषा संरक्षणसम्बन्धी नीति निर्माण, कार्यक्रम कार्यान्वयन, स्रोतसाधन परिचालन र व्यवस्थापनका लागि स्थानीय सरकारको अगुवाइलाई आत्मसाथ गरी सबैसम्बद्ध निकाय र व्यक्तिहरूले आ–आफ्नो भूमिका निर्वाह गर्न क्रियाशील रहने र समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता अघि सारेका छन् ।

छलफलमा भावी पुस्ताका संवाहक हाम्रा बालबालिका र युवाहरूको संज्ञाठनात्मक एवं भाषिक र सांस्कृतिक चेतनाको विकास गरी सिकाइको सुनिश्चित आधार निर्माण गर्ने कुरा सहमत भएको मातृभाषा शिक्षा शाखा भाषा आयोग प्रमुख डा. लोकबहादुर लोप्चन तामाङले जानकारी दिए ।
छलफमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी, मातृभाषा विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, नगरपालिका सङ्घ नेपालका प्रमुख अशोककुमार ब्यान्जू (श्रेष्ठ), गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगतबहादुर बराम, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुन मगर, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सहभागीता जनाएका थिए ।

यसैगरी नेता एवं आदिवासी अगुवा सुरेश आले मगर, विज्ञ तथा आदिवासी अगुवा बालकृष्ण माबुहाङ, विज्ञ तथा बहुभाषिक शिक्षा अधिकारकर्मी अमृत योञ्जन–तामाङ, शिक्षाकर्मी टीका भट्टराई, नेवा देयः दबू नरेश ताम्राकार, किराँत याक्थुङ चुम्लुङ अध्यक्ष योगराज लिम्बू थिए ।


यस्तै तमु ह्यूल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् अध्यक्ष रेशम गुरुङ, किरात राई यायोक्खा अध्यक्ष दिवस राई, नेपाल मगर सङ्घ अध्यक्ष नवीन रोका मगर, थारु कल्याणकारी सभा महामन्त्री प्रेमीलाल चौधरी, अन्तराष्ट्रि तामाङ परिषदका उपाध्यक्ष टासी लामा, नेपाल आदिवासी जनजाति महासङ्घ उपाध्यक्ष गोविन्द छन्त्याल, नेपाल शिक्षक महासङ्घ अध्यक्ष बाबुराम थापा, श्रीसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल महासचिव गुणराज मोक्तान लागयतले सहभागीता जनाएका थिए ।

कार्यक्रममको सहजीकरण र समन्वय डा. लोप्चनले गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका