बिहीबार साँझ धनगढीको बम विस्फोटमा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ ।
शहीदगेट नजिकै रहेको निलम होटल अगाडि भएको विस्फोटमा परी घाइते बझाङका राम सिंहको उपचारका क्रममा ज्यान गएको हो । उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।
अरु ४ जनाको उपचार भइरहेको छ । घाइते हुनेहरुमा लक्ष्मण सेरेला, मोविन खान, जितेन्द्र यादव र केशवराज पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा डिएसपी दक्षकुमार बस्नेतका अनुसार बम बिस्फोट कसले गरायो भन्ने अझै खुल्न नसकेको बताए । घटनास्थलमा एक थान पेस्तोल समेत फेला परेको उनले बताए ।
सम्बन्धित