हेलिप्याड निर्माण

रसुवा

आकस्मिक उडान एवं अवतरणका लागि नौकुण्ड गाउँपालिका- ४ सरमथलीमा हेलिप्याड निर्माण गरिएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत हेलिप्याड निर्माण गरिएको हो । गाउँपालिका उपाध्यक्ष सृजना लामाका अनुसार हेलिप्याड नहुँदा आकस्मिक बिरामी पर्दा र अन्य समस्यालाई मध्येनजर गरी हेलिप्याड निर्माण गरिएको हो । रोजगार कार्यक्रम अन्तरगत १ सय ३ जनाले रोजगारी पाएको उनले बताइन् । चालु आर्थिक वर्ष २०७५/७६ को एक महिनामा सडकको नाली खन्ने, जाली भर्ने, सिंचाईको कुलो निर्माण गर्ने, ढुङ्गा फुटाउने लगाएतका काम गरिएको थियो ।

अर्काे वर्ष स्थानीयय तहबाट अरू नै रोजगारीका कार्यक्रम हुने उपाध्यक्ष लामाले बताइन् ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका