साउदी सरकारले अवैधानिक नेपालीलाई एक्जिट दिन सुरु(सूचीसहित)

भिसा लाग्न र निवेदन दिन बाँकी रहेकाले नियमित दूतावासको सूचना हेर्न आग्रह

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
तस्बिर : फाइल
तस्बिर : फाइल

साउदी अरेबियामा कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरिदिएकाहरुलाई (एक्जिट)देश छोड्न दोस्रोपटक अनुमति दिएको छ ।

नेपाली दूतावासले बिहीबार सूचना निकालेर अकामा नभएका नवीकरण नगरिदिएका ६१ जना नेपालीहरुलाई बहिर्गमन भिसा दिएको हो ।

दूतावासको सूचनामा ‘ साउदी सरकारले अकामा नबनाईका वा नवीकरण नगरेका नेपालीलाई बहिर्गमन भिसा( देश छोड्न अनुमति)’दिइएको उल्लेख छ । यसअघि गत आइतबार ७४ जनाले एक्जिट भिसा पाएको थियो । यसरी भिसा पाउनेमा कुल १३५ जना पुगेको दूतावासले जानकारी दिएको छ ।

दूतावासको सूचनामा ‘ देश छोड्न अनुमति पाएका( एक्जिट भिसा लागेका ) ले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने’ उल्लेख गरिएको छ । सूचनामा ‘ स्वदेश फर्कने उडानको मिति पुनः जानकारी गराइने’ लेखिएको छ ।


लकडाउन अघि चलाएका मिनी एमेष्टी ( अकामा नभएका वा नवीकरण नगरेका प्रवासीद्वारा देश छोड्न गरिएका अनुरोध )बाट आएका विवरणका आधारमा साउदी सरकारले आममाफी दिइएको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार यो प्रक्रियाबाट साउदीमा अवैधानिक रूपमा रहेका भनिएका हजारौंको संख्या लाभान्वित हुनेछन् ।

लकडाउन अगाडि अकामा नबनाईका वा नवीकरण नगरेका झन्डै ३ हजारको हाराहारी संकलित नेपालीहरुको विवरण साउदी सरकारलाई बुझाइएको दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले बताए । एक्जिट भिसा पाइसकेकाले तयारी गर्न, भिसा लाग्न बाँकी र निवेदन दिन बाँकी रहेकाहरुले दूतावासको आधिकारिक सूचना हेर्न उपप्रमुख पौडेलले आग्रह गरे ।

साउदीमा झन्डै ३ लाख २५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ११ हजारको हाराहारीमा महिलाहरु छिन्  । महिला श्रमिकहरु अधिकांश सप्लायर्स कम्पनी कार्यरत छिन् । उनीहरूलाई सप्लायर्स कम्पनीले स्कुल, क्याम्पस, अस्पताल, एअरपोर्ट, पार्लर, रेस्टुरेन्टहरु लगायतमा सप्लाई गर्छन् ।

यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको संख्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड अपनाएको देखिदैन । अन्य नेपाली कामदारभन्दा सप्लायर्समा आएकाहरुको पीडित हुने गरेको दूतावासले जानकारी दिए ।

दूतावासका अनुसार झन्डै एकवर्ष अघिदेखि सप्लायर्स भिसा बन्द छ । तर यहाँस्थिति विभिन्न कम्पनीलाई नेपाली कामदार दिनेहरुले भने धेरै जस्तो काम छोडेर भाग्नेहरुले गर्दा समस्या आएको बताउँछन् ।

Gepostet von Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद am Donnerstag, 25. Juni 2020

थप यो पनि

साउदीमा अकामा नबनाइका वा नवीकरण नगरेका नेपाली फर्काउने: दूतावास

रियाद-काठमाडौं चार्टरउडानको यात्रुहरूलाई राजदूतदले गरे बिदाइ

तपाईको प्रतिक्रिया