गजल

झौखेल, भक्तपुर

मेरो यहाँ एउटा, छुट्टै संसार छ
नआउनू तिमी, ढोकामा गजबार छ ।।१।।

सक्छु हाँसेर बाँच्न तिमीविना पनि
तिमीले दिएको आँसुको आधार छ ।।२।।

म जितूँ या हारूँ , नगर्नू हिसाब कुनै
मैले नजिते पनि तिम्रो निश्चितै हार छ ।।३।।

यो जिन्दगी मेरो हो, होइन पेवा तिम्रो
बादल रहेछौ तिमी नहुँदा पो बहार छ ।।४।।

जिउँछु आफ्नै जिन्दगी, चाहिन्न दया
जाऊ बाटो लाग तिमी, छेउमै संघार छ ।।५।।

यो पनि

तपाईको प्रतिक्रिया