साउदीमा कोरोना निको हुनेको संख्या एक लाख बीस हजार नाघ्यो

आजै २ हजार ५८९ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा शुक्रबारसम्म एक लाख २० हजार ४७१ जना कोरोना संक्रमितको उपचारपछि निको भएका छन् । उक्त संख्यामा निको भएको यहाँ शुक्रबार दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो ।

आज यहाँ कोरोना उपचार रहेको २ हजार ५८९ जना निको भएका छन् । शुक्रबारको अपडेटअनुसार कोरोना उपचारपछि निको हुनेको संख्याभन्दा नयाँ संक्रमित हुने १ हजार ३४९ जना बढी छन् ।

त्यसैगरी आज साउदीमा ३ हजार ९३८ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार साउदीभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या एक लाख ७४ हजार ५७७ पुगेका छन् । साउदीका विभिन्न अस्पतालहरुमा ५२ हजार ६३२ जना कोरोना बिरामीको बिशेष उपचार भइरहेको डा. अब्दुलीले जानकारी दिए ।

यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ४६ जनाले आज पनि ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या १ हजार ४७४ पुगेको डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार विभिन्न अस्पतालमा कोरोनाको उपचार गरिरहेकामध्ये २ हजार २७३ जना गम्भीर अवस्था रहेका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

थप यो पनि

साउदीमा कोरोना निको हुनेको संख्या ६४ हजार, सार्वजनिक यातायात सुचारु

साउदी सरकारले अवैधानिक नेपालीलाई एक्जिट दिन सुरु(सूचीसहित)

साउदीमा चौबीस घन्टायता कोरोना निको हुनेको संख्या ५१ सय थपियो

तपाईको प्रतिक्रिया