साउदी-नेपाल चार्टरउडानको तालिका परिवर्तन: दूतावास

नवराज तामाङ
नवराज तामाङ संवाददाता
7 Shares
साउदी अरेबिया

साउदी अरेबियाबाट हुने लागेको चार्टरउडान तालिका परिवर्तन भएको छ । उडानको तालिका परिवर्तन भएको नेपाली दूतावासले सूचना जारी गरेर जानकारी दिए ।

सूचनामा ‘ साउदीको दमाम शहरबाट हिमालय र रियादबाट नेपाल एयरलाइन्सले भर्न लागिएको उडानको तालिका प्राविधिक कारणले परिवर्तन भएको ‘ उल्लेख छ । दूतावासको सूचनामा ‘ हिमालय एयरलाइन्सले दमामबाट गर्ने भनिएको २७ जुनकाे उडान प्राविधिक कारणले २९ जुनका लागि निर्धारण गरिएकाे ‘ उल्लेख छ ।

त्यसैगरी ‘ नेपाल एयरलाइन्सले रियादबाट गर्ने भनिएकाे २९ जुनकाे उडान तालिका परिवर्तन गरी  ३० जुनका लागि तय भएकाे जानकारी पाइएको ‘ सूचनामा लेखिएका छ । उक्त दुवै उडानमार्फत् स्वदेश फर्कनका लागि टिकट लिइसकेका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्न दूतावासले आग्रह गरे ।

नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सकाे उडान तालिका परिवर्तन भएकाे सम्बन्धी अत्यन्त जरुरी सूचना।१. हिमालय एयरलाइन्सले…

Gepostet von Embassy of Nepal, Riyadh नेपाली राजदुतावास, रियाद am Freitag, 26. Juni 2020

तपाईको प्रतिक्रिया

पत्रपत्रिका