सरकारलाई प्रश्न ‘कहिले बन्छ देश’ (भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालको समसामयिक घटना र वास्तविकतालाई मध्यनजर गरि तयार गरिएको गीत ‘कहिले बन्छ देश’ सार्बजनिक भएको छ ।

गीतको सुरुको लाइनमा भनिएको छ– ‘कहिले बन्छ देश मेरो कहिले बन्छ देश , फुलिसक्यो केश मेरो फुलिसक्यो केश’ एउटा ब्यक्ति जन्मेर केश फुलिसक्दा पनि देशको हालत उस्तै रहेको जनताको अवस्था नबदलिएको कुरालाई झल्काउन खोजिएको छ ।’

बिग्रदो देशको राजनीति परिस्थिति र उस्तै रहिरहेको भ्रष्टाचार, हिंसा, विभेद , गरीबी, अनियमितता विभिन्न काण्डहरुको बारेमा समेटिएको छ ।

गीतमा गायन रियालिटी सो ‘लोक स्टार’ का चर्चित गायक रामकुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन् । मनोज केसि ‘समय’ले सिर्जना गरेको गीतमा स्वयं गायक अभिनय गरेका छन् । उनलाई बाल कलाकारले साथ दिएकी छन् ।


डिआर सुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेको छ ।

गीतमा रामकुमार नेपाली र श्रेया गाैतमले फिचरिङ गरेका छन् ।

तपाईको प्रतिक्रिया