साउदीमा ७० प्रतिशतले जिते कोरोना, स्वदेश फर्कन चाहेमा शुल्क नलाग्ने

आजै १ हजार ६५८ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा शनिबार १ हजार ६५७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उक्त संख्यामा निको भएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो ।

प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म एक लाख २२ हजार ५०४ जना कोरोना संक्रमितको निको भएर घर फर्किएका छन् ।

त्यसैगरी आज साउदीमा ३ हजार ९२७ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार साउदीभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या एक लाख ७८ हजार ५०४ पुगेका छन् । साउदीका विभिन्न अस्पतालहरुमा ५४ हजार ८६५ जना कोरोना बिरामीको बिशेष उपचार भइरहेको डा. अब्दुलीले जानकारी दिए ।

शुक्रबारको अपडेटअनुसार कोरोना उपचारपछि निको हुनेको संख्यामा कमि आएपनि ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेका छन् ।


यहाँ कोरोना भाइरसको उपचार गरिरहेका ३७ जनाले आज पनि ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या १ हजार ५११ जना पुगेको डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार विभिन्न अस्पतालमा कोरोनाको उपचार गरिरहेकामध्ये २ हजार २८३ जना गम्भीर अवस्था रहेका छन् ।

हालसम्म साउदीको राजधानी रियादमा सबैभन्दा धेरै कोरोना संक्रमित ११ हजार ५४३ पुगेका छन् । त्यस्तै यहाँको ठुला शहरहरु मक्कामा ५ हजार ४५९, दमाम ५ हजार ४२, जेद्दा ३ हजार ९८५, अल कातिफ ३ हजार १३५, खोबार २ हजार ६४०, हफुफ २ हजार ५७८, तैफ १ हजार ८९५, मदिना १ हजार ८७३,खमिस मुसायत १ हजार ५५०, अल मुबराज १ हजार १५५, दहराइन १ हजार १०६ र जुवेलम १ हजार १० रहेका छन् । अन्य शहरहरुमा भने कोरोना संक्रमित हजारभन्दा तल राखेको जनाइएको छ ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी बहिर्गमन भीसा (देश छोड्न अनुमति) पुनः प्रवेश भिसा (Re-entry Visa) भिजिट र पर्यटक भिसा भएकाहरू स्वदेश फर्कन चाहेमा शुल्क नलाग्ने साउदी सरकारले बताइएको छ । साउदी सरकारका अनुसार भिसाको म्याद समाप्त भएकाहरुले समेत शुल्क वा जरिवाना नतिरी जान सक्नेछन् ।

थप यो पनि

साउदीमा अकामा नबनाइका वा नवीकरण नगरेका नेपाली फर्काउने: दूतावास

साउदीमा कोरोना निको हुनेको संख्या एक लाख बीस हजार नाघ्यो

साउदीमा कोरोना निको हुनेको संख्या ६४ हजार, सार्वजनिक यातायात सुचारु

• बिहीबारदेखि अनलाइन फाराम मार्फत विवरण दिनुहोस् : दूतावास

तपाईको प्रतिक्रिया