नेसिङमा पुग्यो मोटर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

आमाछोदिङमो गाउँपालिकाको नेसिङ गाउँमा पहिलो पटक मोटर बाटो पुगेको छ ।

पालिका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुको विकट स्थान नेसिङमा ग्रेगाउँ देखि नेसिङसम्म करिव आठ किलोमिटर मोटर बाटोको ट्रयाक निर्माण गरि गाडि गुडाईएको हो ।

यस मोटरवाटोले नेसिङका ८० घरपरिवारलाई सुविधा पुग्नेछ । भौगोलिक विकटताले पछाडि परेको नेसिङ गाउँमा कहिले मोटरबाटो आउला भनेर कल्पना नगरेका त्यहाँका स्थानीय दावादोर्जे तामाङ बताउँछन् । अबको दिनमा टाउकोमा नाम्लो र पिठ्युँमा डोको बोक्नु पर्दैन, उनले भने ।

नयाँ खोलिएको सडक व्यवस्थित भएपछि किसानको प्रमुख बाली आलु ढुवानी गर्न, बिरामी पर्दा एम्बुलेन्स बोलाउन, नियमित बस संचालन गराउन र खाद्य सामग्री गाउँसम्म ढुवानी गर्न सहज हुने बताईएको छ ।


तपाईको प्रतिक्रिया