साउदीबाट दुई चार्टरउडान, ४०८ जना नेपालीसँगै १५ शव फर्कियो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

साउदी अरेबियाबाट जुन २६ मा दुई चार्टरउडान भएको छ । उक्त उडान दमाम र रियाद शहरबाट भएको थियो ।चार्टरउडानमा कोरोनाका कारण समस्यामा परेका ४०८ जना नेपाली फर्किएको दूतावासले जानकारी दिए ।

दूतावासका अनुसार दमाम शहरबाट भएको हिमालय एयरलाइन्सको उडानमा १५४ जना नेपालीहरु रहेका छन् । त्यस्तै रियाद शहरबाट भएको चार्टरउडानमा २५४ जना नेपालीसँगै १५ नेपालीको शव पठाइएको दूतावासले जानकारी दिए ।

हिमालयको चार्टरउडानबाट नेपाल फर्किएकाहरुलाई पूर्वक्षेत्रमा कार्यरत दूतावासका प्रतिनिधि हरि घिमिरे दमामको किङ फाहद अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । प्रत्येक उडानमा न्यूनतम तीनवटा शव पठाउन सक्ने प्रावधान रहेको दूतावासका प्रतिनिधि घिमिरेले बताए । उनका अनुसार यसपटकको उडानमा कागजपत्र नपुगेका कारण शव पठाउन नसकेको हुन् ।

चार्टरउडान र रियादबाट एक र जेद्दाबाट त्यसैगरी २६ जुनका दिन नेपाल एयरलाईन्सको रियाद बाट दोस्रो र दम्माम बाट हिमालय एयरलाईन्सको तेस्रो उडान मार्फत क्रमश: २५४ र १५४ गरी ४ सय ८ जना नेपाली स्वदेश फर्किएका छन् ।


नेपाल सरकारको मापदण्डअनुसार पहिलो चरणको चार्टरउडानबाट नेपाल फर्किनु पर्नेमध्ये हालसम्म दूतावासको समन्वय, एनआरएनए साउदीको सहकार्यमा साउदीबाट १ हजार २१५ जना नेपाली फर्किसकेका छन् ।

यसअघि दमामबाट हिमाल एयरलाइन्सले दुई, रियाद र जेद्दाबाट नेपाल एयरलाइन्सले एकएक उडान गरेको थियो । त्यसैगरी हिमालय एयरलाइन्स दमाम शहरबाट २९ जुनमा र नेपाल एयरलाइन्सले रियादबाट ३० जुनमा चार्टरउडान हुनेे दूतावासले जनाएको छ ।

थप यो पनि

साउदी-नेपाल चार्टरउडानको तालिका परिवर्तन: दूतावास

साउदीबाट दुई चार्टरउडानमा चार सय फर्कियो, २९ सय जना तत्काल जानुपर्ने

साउदीबाट उद्धार उडान सुरु, १५३ जना नेपाल फर्के

तपाईको प्रतिक्रिया