शैलुङका कृषकलाई कोरिया जाने अवसर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

दक्षिण कोरियाको स्थानीय तहको सहकार्यमा शैलुङ गाउँपालिकाका कृषि किसानलाई तालिमको लागि कोरिया जाने अवसर प्राप्त भएको छ । आइतबार गाउँपालिकाले सुचना जारी गरी अगुवा किसानहरूलाई ३ महिने तालिमको लागि लगभग २ सय जना कोरिया जाने अवसर प्राप्त भएको बताएका छन् । त्यस तालिमको लागि केही शर्तहरु भने पालना गर्नुपर्ने गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।

सुचनामा लेखिएका छ, ‘३ महिनापछि अनिवार्य नेपाल फिर्ता हुनुपर्नेछ । नेपाल सरकार र कोरिया सरकार तथा दुवै स्थानीय तहहरुको नियम अनिवार्य स्वीकार गर्नुपर्नेछ ।’

यसैगरी तालिमको अवधि अगष्ट, सेप्टेम्बर र अक्टुबर रहेको छ । अवधि २ महिना २० दिन हुनेछ । १० दिन भने कोरियाको क्वारेन्टाइनमा १ हजार अमेरिकी डलर तिरेर अनिवार्य बस्नुपर्नेछ सूचनामा लेखिएको छ ।

कोरिया जानका लागि प्रतिव्यक्ति खर्च रू ४ लाख रूपैयाँ लाग्नेछ भने कमाई करिब रू ७ लाख जति हुने बताइएको छ । त्यहाँ जानका लागि उमेर ३० वर्ष देखि ५० बर्ष बीचको र अनिवार्य रुपमा शैलुङ गाउँपालिका दोलखाको नागरिक हुनुपर्ने बताएको छ । अहिले १ सयदेखि २ सयसम्म लैजाने कोरिया सरकारले बताएको छ ।

जरुरी सुचना !दक्षिण काेरियाकाे स्थानीय तहको सहकार्यमा शैलुङ गाउँपालिकाका अगुवा किसानहरूलाई ३ महिने तालिमको लागि अवसर…

Gepostet von Bharat Dulal am Samstag, 27. Juni 2020

तपाईको प्रतिक्रिया