असार १५ अर्थात धान दिवस (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

आज असार १५ अर्थात् धान दिवस । नेपालीहरु मुठी खाएर मुरी उब्जाउने महिना हो यो । यो महिना किसानहरुका लागि व्यस्त हुने समय हो ।

आजका दिन खेतमा असारे भाका घन्काउदै नाच्दै गाउँदै धान रोप्ने गरिन्छ । बाउसे र रोपाहारहरु एकआपसमा रमाइलो गर्दै रोपाई गरेका दृश्यहरु देखिन्छन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

सगुनका रुपमा पनि दही खुवाउने चलन छ ।


तस्वीर : राससबाट कलेक्सन गरिएको

तपाईको प्रतिक्रिया