हिमालयको चौथो उडान ३० जूनमा, नाम नभएकोले दूतावासमा सम्पर्क गर्नुपर्ने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
दमाम, साउदी अरेबिया

साउदी अरेबियाको दमामबाट हिमालय एयरलाइन्सको चौथो चार्टरउडान हुने भएको छ । उडान यहि जुन ३० राति हुने नेपाली दूतावासले जानकारी दिएको हो ।

साउदीको दमामबाट हिमालयको उडानमा स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारको मापदण्डअनुसार तयार गरी एयरलाइन्सको यहाँस्थित कार्यलयमा पठाएको दूतावासले जानकारी दिए । दूतावासका अनुसार एयरलाइन्सका प्रतिनिधिले सूची अनुरुप टिकट काट्ने छन् ।

दूतावासले यसअघि (पहिलो, दोस्रो र तेस्रो ) चार्टरउडानका लागि जारी गरेको सूचिमा नाम परेका तर हालसम्म स्वदेश नफर्केकाहरु संधै प्राथमिकता सूचिमै रहने दूतावासले जानकारी दिए । दूतावासका अनुसार सूचीमा नाम नभएकाहरुले हवाई टिकटका लागि दूतावासका प्रतिनिधि हरि घिमिरेलाई मोबाइल नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्नसक्ने छन् ।

त्यसैगरी सूचीमा नाम भएकाहरूले दमामस्थित रहेको एयरलाइन्सका प्रतिनिधि सुवास तिमिल्सिनाको मोबाइल नम्बर ००९६६५९८४००१९८ मा सम्पर्क गर्नुपर्ने दूतावासले बताए । दूतावासका अनुसार नेपाल सरकारले तोके अनुसार हवाई भाडा अमेरिकी डलर ४६५ ( साउदी रियाल १७४४) नेपाली ५६ हजार ३०० लाग्ने छन् ।


स्वदेश फर्किने सबैजनाले काठमाडौं विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायतका कागजातमा हस्ताक्षर गर्नुपर्ने दूतावासले बताए ।

दमामस्थित एयरलाइन्सका प्रतिनिधि तिमिल्सिनाले चार्टरउडान गर्न कोरोनाको नेगेटिभ रिपोर्ट पाएपछि मात्र टिकट कन्फार्म गर्नसक्ने बताए । उनका अनुसार कोरोना रिपोर्टको म्याद सात दिनसम्म रहनेछन् । प्रतिनिधि तिमिल्सिनाले आफ्नो नम्बरको व्हाट्सपमा सूचीमा भएको नम्बरसहित सम्पर्क गर्न आग्रह गरे । तिमिल्सिनाले विमानस्थलमा ४ घन्टा अगाडि पुग्नुपर्ने जानकारी दिए ।

थप यो पनि

साउदी-नेपाल चार्टरउडानको तालिका परिवर्तन: दूतावास

दमाम-काठमाडौं चार्टरउडान सर्‍यो, अब जुन २३ मा हुने

दमाम-काठमाडौं दोस्रो चार्टर उडान शनिबार : दूतावास

दमामबाट काठमाडौं जुन १८ मा चार्टरउडान हुने, कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य 

तपाईको प्रतिक्रिया