सत्रौ राष्ट्रिय धान दिवस : निजगढ नगरपालिकाद्वारा धान रोपाई

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

सत्रौ राष्ट्रिय धान दिवसको अवशरमा सोमबार निजगढ नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरि धान रोपाई गरेको छ ।

सानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले बताए ।

कार्यक्रममा मेयर खनालले नगरपालिकाले कृषकहरुको सहजताकालागी मल,बिउ वितरण, बिमा सुविधा, अनुदान दिने लगायतका कार्यहरुलाई निरन्तरता दिने बताए । नगरपालिकाले कृषि उत्पादनको लागि कृषकहरुलाई आवश्यकता अनुसार योजनाहरु ल्याउने जनाएका छन् ।

नगरपालिकाले वडा नम्बर ९ ठाडो लाईनमा स्थानीय कृषक किरण लामाको खेतमा रोपाई कार्यक्रम गरेको हो ।


नगरपालिकाले प्रत्येक वर्ष धान दिवसको अवशरमा रोपाई कार्यक्रम आयोजना गर्ने गरेको छ । यस वर्ष धान उत्पादनमा वृद्धि आत्मनिर्भर र अमृद्धि भन्ने राष्ट्रिय नाराका साथ नगरपालिकाले रोपाई कार्यक्रमको आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया