आजसम्म तीन हजार १३४ कोरोनामुक्त, सङ्क्रमित १३ हजार बढी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालमा कोरोना सङ्क्रमणको संख्या ४७६ जना थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ११२ जना महिला र ३६४ जना पुरुष रहेको जानकारी दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा १३ हजार २४८ जना सङ्क्रमित भएका छन् ।

अहिलेसम्म ३ हजार १३४ जना कोरोनामुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया