बोन म्यारो क्यान्सर सुस्मितालाई आर्थिक सहयोग

पर्वत

बोन म्यारो क्यान्सरबाट ग्रसित १४ वर्षीय सुस्मिता शर्मा भुवाजीलाई आर्थिक सहयोग गरेको छ । बिरामी भुवाजीलाई साउदीबाट पठाएको १६ हजार ४ सय ३ रुपैयाँ सहयोग उपचारको लागि प्राप्त भएको हो ।

साउदीबाट पर्वतका कृष्ण गिरीको पहलमा संकलन गरेर पठाएको रकम उनको पत्नी दुर्गा गिरीले बिरामीको बुबा गणेश भुवाजीलाई हस्तान्तरण गरेको थियो ।

पर्वत कुस्मा नगरपालिका-८, निवासी सुस्मिता हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छिन् । यसअघि कृष्णकै पहलमा सुस्मितालाई १ लाख २७ हजार ६ सय ९५ रुपैयाँ सहयोग गरेका थिए ।

पहलकर्ता कृष्णले सहयोगी दाताहरुलाई धन्यवाद दिदै सुस्मिता बचाउ अभियान साउदीमा बन्द भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया