साउदीका राजदूतले मृतकको परिवारलाई ५० हजार सहयोग

फिल्डमा धेरै खट्ने राजदूत राजपुत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी

साउदीका लागि नेपाली राजदूत प्राडा. महेन्द्रप्रसाद सिंह राजपुतले अस्पतालमा मृत्यु भएका राजु सदाको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

राजदूत प्राडा. राजपुतले धनुषा हसपुर नगरपालिका-७ का अस्पतालको लापरबाहीका कारण मृत्यु भएका भनिएका सदाका परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो ।

रोजगारीका सिलसिलामा भारत रहेको मृतक सदा बन्दाबन्दी (लकडाउन)का समयमा नेपाल फर्केको थियो । स्थानीय क्वारेन्टीनमा राखिएका सदाको उपचारका क्रममा प्रादेशिक अस्पताल धनुषामा मृत्यु भएको थियो । क्वारेन्टाइन व्यवस्थापन र अस्पतालको लापरबाहीका कारण सदाको मृत्यु भएको आरोप लागेपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ ।

सदाको मृत्युपछि परिवारमा तत्काल आउने संकटलाई टार्न आर्थिक सहयोग गर्ने घोषण गरेको राजदूत प्राडा. राजपुतले बताए । उनले यसअघि साउदीमा तत्काल चलाएका दिलबहादुर घर्ती मगर बचाउ र प्रेम राई बचाउ अभियानलाई जनही ३० हजार रुपैयाँ, बिरामी धर्मनाथ पासवान र अचेत अवस्थामा साउदीमै उपचाररत चन्द्रश्वर मुखियालाई जनही १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।


त्यसैगरी यसअघि राजदूत प्राडा. राजपुतले धनुषा हसपुर-२ का वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई ४५ हजार रुपैयाँ सहयोग गरेको थियो । ललितपुरको कुसुन्तीस्थित बासुरी नाग गुठीलाई २५ हजार रुपैयाँ सहयोग गरेको थियो । तीन वर्षअघि राजदूत नियुक्त भएर आएका राजपुतले झन्डै तीन लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरिरहेको छ ।

राजदूत प्राडा. रातपुतले साउदीमा रहेसम्म आर्थिक कमजोर रहेका बिमारी, असहाय, पीडित लगायतकालाई प्रत्येक वर्ष १ लाख रुपैयाँ सहयोग गर्ने एक अनलाइन मिडियाबाट प्रतिबद्धता गरेको थियो । त्यस्तै राजदूत राजपुतले प्रधानमन्त्री कोरोना सहयोग कोषमा ६० हजार ६८० रुपैयाँ सहयोग गरेको थियो ।

धनुषा हंसपुर नगरपालिका-२ का स्थायी घर भएका राजदूत प्राडा. राजपुत हाल ललितपुरको कुसुन्ती-१, एकान्तकुनामा बसोबास गर्छन् । अर्थशास्त्रमा पीएचडी गरेको राजदूत प्राडा. राजपुत त्रिभुवन विश्वविद्यालयका शिक्षा अध्यक्ष हुँदै आरआर क्याम्पस लगायत अन्य क्याम्पसहरुमा समेत प्रमुख रहिसकेका छन् । तत्कालीन सरकारको विभिन्न परियोजनाहरुमा संयोजक तथा सदस्यका रूपमा जिम्मेवारी पुरा गरेका राजदूत रातपुत अस्ट्रिया, चीन, फ्रान्स, जर्मनी, मकाउ, नर्वे, ओमान, स्विडेन, साउदी अरेबिया, स्विजरल्याण्ड, थाईल्याण्ड, भारत, संयुक्त राज्य अमेरिका लगायतको भ्रमण गरिसकेका छन् ।

प्राडा. राजपुत तत्कालीन माओवादीको कोटाबाट साउदी आएका हुन् । साउदीमा उनलाई फिल्डमा धेरै खट्ने राजदूतका रूपमा चिनिन्छ । प्राडा. राजपुत राजदूत भएर आए यता अवैधानिक भएर बसेका, सप्लार्यस कम्पनीमा पीडित भएका, घरेलु काममा फसेकाका महिला पुरुष, लगायत अन्य विभिन्न समस्या परेका झन्डै एक लाखको हाराहारीमा फर्काएको अनुमान छ ।

राजदूत प्राडा. राजपुतको निरन्तर प्रयासबाट दुई हप्ता अघि यहाँ काम गर्दागर्दै मृत्यु भएकाहरूको तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस, बेनिफिट बापत पाउनुपर्ने रकम पठाएका छन् । उनकै पहल साउदी सरकारले भूकम्प पीडितहरुका लागि झन्डै साँढे तीन अर्ब रुपैयाँ सहयोग गरेको थियो ।

यसअघिका राजदूतले साउदीमा क्रियाशील रहेका एनआरएन र अन्य विभिन्न संघसंस्थासँग चिस्याएको सम्बन्धलाई राजपुतले पुनः विस्तार गरेको बुद्धिजीवीहरुको भनाइ छन् ।

त्यसैगरी व्यवसाय तथा नेपाली कांग्रेसका प्रवास संगठन जनसम्पर्क समितिका सल्लाहकार राजु सायदले राजपुत अन्य राजदूतभन्दा मिसाजिलो र छिटोछरितो काम गर्ने खालको भएको बताए ।

यस्तै एनआरएनए साउदीका अध्यक्ष तेजबहादुर थापाले राजपुत राजदूत भएर आएयता दूतावास र एनआरएन विचको सम्बन्ध थप बलियो बनेको बताए । अध्यक्ष थापाले यहाँ रहेका नेपालीहरुको साझा समस्याहरु न्युनिकरण, उद्धार, पैरवी पहल र निराकरणका लागि नेपाली नियोग र संघले आपमा परिपुरक बनी अघि बढिरहेको जनाए ।

थप यो पनि

साउदीमा अकामा नबनाइका वा नवीकरण नगरेका नेपाली फर्काउने: दूतावास

रियाद-काठमाडौं चार्टरउडानको यात्रुहरूलाई राजदूतदले गरे बिदाइ

साउदीमा मृत्यु भएको नेपालीको परिवारलाई दूतावासको पहलमा ब्लड मनी

तपाईको प्रतिक्रिया