मेलुङले झ्याङछ्युब छ्योर्तेनलाई दश लाख प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

सैलुङ डाँडामा निर्माणाधीन सैलुङ झ्याङछ्युब छ्योर्तेन (बोधिचैत्य) का लागि मेलुङ गाउँपालिकाले १० लाख प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा विनियोजित बजेट पाएपछि सैलुङ रिगसुम गोन्पो सेवा समाजले गाउँपालिकालाई धन्यवाद ज्ञापन दिएका छन् ।

समाजका महासचिव कृष्णकुमार थोकरद्घारा हस्ताक्षरित धन्यवाद ज्ञापनमा लेखिएको छ, ‘दयालु महानुभावहरु र स्थानीय सामाजिक संघसंस्था र स्थानीय सरकार लगायतको सहयोगमा भुम्बासम्मको भाग निर्माणकार्य सम्पन्न भई गजुर निर्माण कार्यका लागि आवश्य सामग्री खरिद र निर्माण अघि बढिरहेको छ ।’

सैलुङमा ५३ फिट अग्लो छ्योर्तेन निर्माण भइरहेको छ । अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको समाजका महासचिव थोकरले जानकारी दिए ।


छ्योर्तेनका लागि सैलुङ, दोरम्बा र मेलुङ गाउँपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया