साउदीमा कोरोना उपचारपछि निको हुनेको संख्या एक लाख २७ हजार पुग्यो

साउदीमा आजै २ हजार ३६३ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा सोमबारसम्म एक लाख २७ हजार ११८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

उक्त संख्यामा निको भएको यहाँ दैनिक पत्रकार सम्मेलन गरी साउदी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. मोहम्मद अल अब्दुलीले जानकारी दिएको हो । प्रवक्ता डा. अब्दुलीका अनुसार कोरोना भाइरसको उपचार गररिहेका २ हजार ३६३ आज निको भएर घर फर्किएका छन् ।

त्यसैगरी आज साउदीमा ३ हजार ९४३ जना कोरोना नयाँ संक्रमित थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार साउदीभर कोरोना भाइरस (कोभिड-१९) संक्रमित हुनेको संख्या एक लाख ८६ हजार ४३६ पुगेका छन् । साउदीका विभिन्न अस्पतालहरुमा ५७ हजार ७१९ जना कोरोना बिरामीको बिशेष उपचार भइरहेको डा. अब्दुलीले जानकारी दिए ।

यहाँ कोरोना भाइरसको उपचार गरिरहेका सबैभन्दा धेरै ४८ जनाले आज ज्यान गुमाएका छन् । साउदीभर कुल मृत्यु हुनेको संख्या १ हजार ५९९ जना पुगेको डा. अब्दुलीले जानकारी दिए । उनका अनुसार विभिन्न अस्पतालमा कोरोनाको उपचार गरिरहेकामध्ये २ हजार २८३ जना गम्भीर अवस्था रहेका छन् ।


आज सबैभन्दा बढी हफुफमा ४३३ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँको ठुला शहरहरु रियाद ३६३ मक्कामा २६३, दमाम ३५७, जेद्दा २१२, अल कातिफ २१९, तैफ २०८, , आभा १६६, खमिस मुसायत १३४, अल खोबार १०३, मदिना १६९, अल मुबाराज १९६ थपिएका छन् ।

त्यसैगरी दहराइन ६७, जुवेलमा ६७, हाफर बातिन ८६, महयील ६१, बुरैद ५७ र हाइलमा ५७ जना थपिएका छन् ,भने अन्य शहरहरुमा कोरोना संक्रमित पचासभन्दा तल संख्यामा रहेको जनाइएको छ ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा. अब्दुलालीले आग्रह गरे ।

साउदीमा हालसम्म १ हजार ३६४ जना नेपाली कोरोना संक्रमित भएको नेपाली दूतावासले जानकारी दिए । दूतावासका अनुसार कोरोना संक्रमित उपचारपछि निको संख्या उत्साह जनक रहेका छन् । त्यस्तै कोरोना उपचारका क्रममा एक दर्जनभन्दा धेरै जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी साउदी सरकारले कोरोना भाइरस कारणले बहिर्गमन भीसा ( देश छोड्न अनुमति) पुनः प्रवेश भिसा (Re-entry Visa) भिजिट र पर्यटक भिसा लिएकाहरुले स्वदेश फर्न चाहेमा शुल्क नलाग्ने साउदी सरकारले बताइएको छ । साउदी सरकारका अनुसार भिसाको म्याद समाप्त भएकाहरुले समेत शुल्क वा जरिवाना नतिरी जान सक्नेछन् ।

तपाईको प्रतिक्रिया