धनकुटामा आइतबारदेखि दाँत फेर्ने अभियान शुरु

मालती मोक्तान संवाददाता
धनकुटा

धनकुटाको महालक्ष्मी नगरपालिका आइतबारदेखि दाँत फेर्ने कार्यक्रम शूरु भएको छ । नगरपालिकास्थित चानुवा स्वास्थ्य चौकीमा दाँत नभएका र थोते दाँत भएकाहरुलाई दाँत फेर्ने कार्यक्रम सुरु भएको हो ।

थोते दाँत मूक्त अभियान अन्तर्गत संचालित कार्यक्रम मेयर पर्शुरा नेपालले उद्घाटन गरिएको थियो ।
गत वर्षदेखि नगरपालिकाले यो अभियान सामाजिक विकास मन्त्रालयको साझेदारी र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको सहयोगमा सञ्चालन गर्दै आएको मेयर नेपालले जानकारी दिए ।

एक सय ३५ जनाको खुद्रा दाँत फेर्ने तयारी गरिएको पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीका संचालक केशव रिमालले बताए । उक्त कार्यक्रममा संचालक रिमालसहित ६ जना दन्त चिकित्सकले टोलिले सेवा दिइरहेका छन् । कार्यक्रमको अध्यक्षतामा वडा नम्बर ४ का अध्यक्ष यज्ञ बहादुर चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया