किसानको कथा

कविता

बेसी खेतको रोपाइँ सकि
लानुछ घर घाँसको भारी
मलाई सम्झी कराउँदै होला
घरमा मेरो काली भैंसी ।

कतै रोपो बुढेर गयो
कतै रोपाइँ भएको छैन
साउन महिना सकिन लाग्यो
अझै वर्षा भएको छैन ।

गह्रा नै भरि धाँजा फाट्यो
टारी खेतमा बाँझो जोतेको छैन
हरियो बीउ सुकेर गयो
समाहमा पानी झरेको छैन ।

घरमा मेरो स( साना नानी
हेर्दै होलान धानको भकारी
कसरी भनौं खेतको कथा
भारी जिउँछिन् ती मेरी प्यारी ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका