दिगो पर्वतीय पर्यटन सञ्जालले ‘पर्यटन विधेयक २०७७’मा उचाई नै तोकेर समेट्नुपर्ने बताएका छन् । सोमबार पर्वतारोहण संघको सभाहलमा भएको बैठकमा तिन महले ३९ बुँदे मागहरु विधेयकमा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
छलफलमा २५०० मिटर भन्दा माथिको उचाईमा अनिवार्य गाइड लागु गर्नुपर्ने प्रावधान ऐनमा राख्न सुझाव दिएका छन् ।
पर्यटन व्यवसायी र मजदुर हकहितलाई सम्बोधन गर्न नसके विधेयक अर्थहीन हुने व्यवसायीहरुले छलफलमा उठाएका छन् ।
प्रस्तावित विधेयकमा समग्र पर्वतीय पर्यटन (Mountain Tourism) मा आवद्ध व्यवसायी र पथप्रदर्शकको हितमा हुने पदयात्रा (Trekking) जाँदा एजेन्सी मार्फत २५०० मिटर भन्दा माथिको उचाईमा पथप्रदर्शक (Guide) पर्यटकको साथ अनिवार्य लानुपर्ने ब्यबस्था गर्न हाम्रो तर्फबाट पूरा गर्नुपर्ने जिम्मेवारी र पहल जारी छ ।
यसैको निरन्तरता नेटवर्कको मूल भूमिकामा तयार पारिएको तिन महले ऐन दफा उपदफा खोली प्रस्तुत गरेको सुझाव र त्यसको साथमा संलग्न गरिने माग र स्मरणपत्रलाई पर्वतीय प्रतिष्ठानका अध्यक्ष लाक्फुटि शेर्पा, महासचिव कुलबहादुर गुरुङ, टानका महासचिव सरिता लामा, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा, माउण्टेन लिडर एसोसिएसन इन्ट्राक्टरहरु, पुर्व मजदुर युनियनका पदाधिकारी लगायतले प्रस्तुत एजेन्डा र सुझावमा सबैले अक्षरस सहमति जनाउदै हस्ताक्षर र वोधार्थ गरिएको छ ।
ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (टिगान) ले सहजीकरण गरेका थिए ।