गजल

सुधा शाह गजलकार
0 Shares
रुकुमकोट, रुकुम

छताछुल्ल भएर पोखिदै छन् जीवनका गुनासोहरु
नयनका आँसुसँग जोखिदै छ्न ओठका हाँसोहरु ।

लथालिङ्ग भएको छ आजकल आफ्नै शरीर पनि यहाँ
सम्हालेर पो राखुँ कसरी तिमीले दिएका ती नासोहरु ।

कति निश्चल रै छ हाम्रो प्रेम उस्तै बिश्वास एक अर्कामा
फुकाउन सार्है गार्हो भयो मायाले बाधेका यी पासोहरु ।

हिंड्छु सधैँ सुमार्गमा पन्छाउँदै अनेक बिघ्न बाधाहरु
मतलब गर्दिनँ दुनियाँको जति नै देखाए पनि चासोहरु ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका