रातमा सेक्स गरेको सपना आउँछ ? यस्तो छ कारण

काठमाडौ‌ं
Young woman asleep in bed

राति सुतेपछि हरकोहीलाई सपना आउँछ । कसैले बिहान उठ्दा सपना सम्झिन्छन् भने कसैले बिर्सिन्छन् । तर देख्न चाहिँ सबैले सपना देख्छन् नै ।

मनोवैज्ञानिकहरूका अनुसार हामीलाई रातभरि सपना आउँदैन तर एक खास समयमा भने पक्कै आउँछ । त्यतिखेर हाम्रो मस्तिष्क सपना बुन्नमा व्यस्त हुन्छ ।

किन आउँछ सेक्सी सपना ?

केही मान्छे सेक्सका बारेमा हरदम सोचिरहेका हुन्छन् । सेक्स गर्ने हिम्मत नभएका यस्ता मान्छेले मनमा कुरा दबाएर बसिरहेका हुन्छन् । युवाहरूलाई सेक्सको सपना आउनु आश्चर्यको कुरा हैन तर बुढाबुढीलाई समेत यस्तो सपना आउन सक्छ । सेक्सको सपना उमेर बढ्दै जाँदा झन् झन् आउँछ । अत्यधिक रचनतात्मक मान्छेलाई पनि सेक्सको सपना आउँछ ।

पूर्वप्रेमीसँग सेक्स गरेको सपना

तपाईंले नचाहे पनि पूर्वप्रेमी वा प्रेमिकासँग सेक्स गरेको सपना तपाईंले देख्न सक्नुहुन्छ । मनोवैज्ञानिकहरूका अनुसार प्रेमीहरू भूपू भएपनि सपनामा त उनीहरू आफ्नै हुन् नि भन्ने सोच व्यक्तिमा निहित हुन्छ । उनीहरूसँगको पुरानो याद अचेतनमा रहिरहेको हुन्छ ।

हाकिमसँग सेक्स

कहिलेकाहीँ हामी आफ्नो हाकिमको लट्टु भएका हुन सक्छौं । मनोवैज्ञानिकहरूका अनुसार हामी आफ्नो हाकिम जस्तै बन्न चाहने इच्छा मनमा पाल्दा यस्तो सपना देख्न पुग्छौं । हाकिमले एउटा अफिस नै हाँक्ने हुनाले हामीहरू ऊप्रति आकर्षित हुन्छौं ।

जनावरसँग सेक्स

सेक्स जो वा जेसँग पनि गर्न मन लाग्छ मान्छेलाई । बिजुलीको पोलदेखि सडकको खाल्डोसम्मलाई नछोड्ने मान्छे पनि भेटिन्छन् । कसैकसैलाई जनावरसँग सेक्स गरेको सपना आउन सक्छ । यस्तो सपना आउने मान्छे आफूमा मानसिक समस्या छ कि क्या हो भनेर आत्तिन सक्छ । तर मनोवैज्ञानिकहरूका अनुसार दामी सेक्स गर्न मन भएका मान्छेले जनावरसँग सेक्स गरेको सपना देख्छन् ।

कलाकारसँग सेक्स

हरेक व्यक्तिलाई कोही न कोही प्रसिद्ध कलाकार मन पर्छ नै । अनि उनीहरूसँग सेक्स गरेको सपना पनि आउन सक्छ । यस्ता सपना देख्ने मान्छेका बारेमा मनोवैज्ञानिकहरूको के मत छ भने तिनीहरू जिन्दगीमा केही गर्न चाहँदैनन्, खालि स्वैरकल्पनामा बस्न चाहन्छन् ।

एलियनसँग सेक्स

कहिलेकाहीँ हाम्रो सपनामा एलियन आउँछन् र हामी उनीहरूसँग क्रीडा गर्छौं । हैन हामीले के गरेको यो जस्तो पनि लाग्छ ।

मनोवैज्ञानिकहरूका अनुसार सेक्समा रोमाञ्चको चाहना गर्नेहरू यस्तो सपना देख्छन् । सपना जस्तो भएपनि सपना नै हो । तपाईं आफ्नो सेक्स लाइफको आनन्द उठाउनुहुन्छ भने वास्तविक संसारमा आउनुस् । सपनामा मात्र रमाएर के गर्नु ? एजेन्सीको सहयोगमा

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका