बसाइँसराइलाई दुहुनो गाई उपहार

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

धनकुटाको छथरजोरपाटी गाँउपालिकाले खाली खाल्स तथा बाझो जमिनको सदुपयोग गर्नका लागि स्थायी रुपमा बसाइँसराइ आउने परिवारका लागि लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ ।

यस चालु आर्थिक वर्षमा छथरजोरपाटि गाँउपालिकाले गाँउपालिकामा स्थायी रुपमा बसाइँसराइ आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । गाउँपालिकाले ६१/६१ हजार पर्ने ९ वटा लहिनो गाई खरिदगरेर बसाइसरी आएका ९ घर परिवारलाई वितरण गरिएको अध्यक्ष सेरबहादुर लिम्बुले बताए ।

अध्यक्ष लिम्बुका अनुसार गाँउपालिका भित्र स्थायी रुपमा बसाइसरी आएका कम्तिमा ३ महिना पुगेको घरपरिवारलाई उनीहरुको रोजीरोटिको व्यवस्था दुध बेचेर आम्दानी स्रोत बन्नेछन् । यस कार्यक्रमले जीविकोपार्जनका साथै खालि तथा खाल्सा बाझो जमिन सदुपयोग गर्न गाँउपालिकामा सहयोग पुग्ने बताए ।

यसवर्ष गाँउपालिकामा माहालक्ष्मी नगरपालिकाबाट २ , पाख्रिबास नगरपालिकाबाट १ र धनकुटानगरपालिकाबाट ६ घरपरिवार गरि ९ परिवार स्थायी रुपमा बसाइँसराइ भएका छन् । उक्त गाँउपालिकामा जिल्ला भित्रका र बाहिको जुनसुकै ठाँउबाट स्थायी रुपमा बसाइसरी आउने परिवारले दुहुना गाई उपहार पाउने व्यवस्था गरेको छ । गाइको निशुल्क बीमाको पनि व्यवस्था रहेको छ ।

गाँउपालिकाले भखरै समपन्न गाँउसभा मार्फत खाली बाझो जग्गा सदुपयोग तथा कृषि पेशाबाट आर्थिक विकास गर्न कृषि व्यवसायलाई व्यवसायीकरण गर्दै पालिकामा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन तथा कृषि प्रवद्धन स्रोत भर्ना सापटी कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ सापटी कार्यक्रम ल्याएका छन् ।

त्यसैगरी कृषि क्षेत्रमा कृषकलाई प्रोत्साहित गर्न ‘ सय मुरी धान, बीस हजार सम्मान, पचास मुरी मकै बीस हजार ‘ सयटन तरकारी बीस हजरा पुरस्कार जितौ सरकारी ‘ जस्ता पुरस्कारसहितको कार्यक्रम सञ्चालन गर्ने गरी आर्थिक वर्ष २०७७।०७८ को लागि कृषि क्षेत्रमा १ करोड ३९ लाख ५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै पशु सेवा तर्फ यूवालक्षित व्यवसायिक फार्महरुका लागि १ करोड ८ लाख ५ हजार बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया